पिनको अध्यक्षमा विकास भट्ट

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
21 Shares
रसुवा

प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन) को दोस्रो अधिवेशनबाट विकास भट्ट अध्यक्षमा चयन भएका छन् ।

भट्टको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेका हुन् ।

संस्थाको उपाध्यक्षमा पासाङ छिरिङ तामाङ‚ सचिवमा ध्रुव नेपाल‚ सह सचिवमा कृष्णबहादुर तामाङ र कोषाध्यक्षमा दिलबहादुर तामाङ रहेका छन् ।

जिल्लाको पाँच वटा स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी जिल्ला कमिटी गठन गरेका हुन् ।

यस्तै सदस्यहरूमा रञ्जना तामाङ, कृष्ण पौडेल, सुदिप न्यौपाने, सुजन सापकोटा, प्रकाश अर्याल र रामकुमार तामाङ रहेका छन् ।

पिन रसुवामा सिभिल इन्जिनियर, सब इन्जिनियर गरी ६५ भन्दा बढी सङ्गठित भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका