वडाध्यक्षहरूलाई प्रशिक्षण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
49 Shares
रसुवा

रसुवाको पाँच गाउँपालिकाको २७ वटा वडा का वडाध्यक्षहरूलाई प्रशासनिक सरलीकृत रूपमा सम्पादन गराउन प्रशिक्षण गरेको छ ।

जिल्ला समन्वय समिति रसुवाको आयोजनामा पहिलो पटक आआफ्नो वडामा जनताको कामकाजका साथै दैनिक रूपमा प्रशासनिक सरलीकृत रूपमा सम्पादन गराउन प्रशिक्षण दिइएका हुन् ।

स्थानीय सरकार सञ्चालन सम्बन्धी दुई दिने प्रशिक्षणमा सरकारको नीति एवं जारी भएका ऐन नियम बमोजिम जनतालाई दिनुपर्ने सेवा राम्रो हुने निमित्त समन्वय अधिकारी शर्मिला कार्की बताइन् ।

२७ वटा वडाका २५ जना वडा अध्यक्षहरूको उपस्थितिमा उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजश्व सङ्कलन,प्रतिवेदन तयार, माईनटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्ति को लागि सिफारिस गर्ने तरिका जस्ता विषय मा प्रशिक्षण दिइएको निमित्त समन्वय अधिकारी कार्कीले जानकारी दिइन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलले राजश्व सङ्कलन, सामाजिक सुरक्षा भत्ता वितरण एव कप्युटरको प्राविधिकबाट लेखा व्यवस्थित बनाउन सकिने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका