टेलिकमले ल्यायो दसैँ अफर, यस्तो छ अफर

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
काठमाडाैं

नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ। टेलिकमले आज आइतबारदेखि असोज २३ गतेसम्म यो सेवा उपलब्ध गराएको छ ।

टेलिकमका अनुसार डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीवी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीवी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिनेछ ।

त्यसै गरी, १ दिनका लागि अन लिमिटेड डाटा प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अन लिमिटेड प्याक ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यस्तै अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत् रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने छ। २०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।

पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको नि:शुल्क सेवा पनि उपलब्ध गराइएको छ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका