भाडा दर घटाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
140 Shares
रसुवा

रसुवाको पासाङल्हामु राजमार्ग अन्तरगत सन्चालन हुँदै आइरहेको यात्रुवाहक सवारीसाधनका विषयमा प्रमुख जिल्ला अधिकारीलाई माग पत्र सुनुवाइ होस भन्दै ज्ञापन पत्र बुझाइएको छ ।

आइतबार अनेरास्ववियु रसुवा ,राष्ट्रिय युवा सङ्घ नेपाल र नेकपा एमाले रसुवा र काठमाडौँ सम्पर्क मञ्चले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायमा पुगोस् र कार्यान्वयन होस भन्दै ज्ञापन पत्रद्वारा ध्यानाकर्षण गरेका हुन् ।

विभिन्न व्यवसायी समितिका बस र टाटा सुमो कम्पनीले सेवा प्रवाहमा विभिन्न समस्याहरू रहेको जनगुनासो आएपछि ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारीलाई माग पत्र सुनुवाइ होस भन्दै ज्ञापन पत्र बुझाइएको हो ।

माग पत्रमा सरकारले निर्धारण गरेको भाडा दर कायम गरी जथाभाबी भाडा लिने गरेको भाडा अन्त्य गरियोस्, वृद्ववृद्वा, जनआन्दोलनका घाइते, ‘अपाङ्ग लगायत ले पाउनुपर्ने छुट लागू गरियोस् नेपाल सरकारले तोकेको विद्यार्थी परिचयपत्र बापत प्राप्त गर्ने ३३ प्रतिशत सहुलियत विना सर्त लागू गरियोस् जस्ता विभिन्न कुराहरूको माग राखेको छ’‚ ज्ञापन पत्रमा लेखिएको छ ।

यातायात व्यवसायले ठोस काम नगरेको खण्डमा अनेरास्ववियु रसुवा,राष्ट्रिय युवा सङ्घ नेपाल र नेकपा एमाले रसुवा काठमाडौँ सम्पर्क मञ्चले यस माग पत्र पेस गरेको ३ दिनभित्र कार्यान्वयन प्रक्रिया अगाडि नबढाए आन्दोलन गर्न बाध्य हुने भन्दै ज्ञापन पत्र बुझाएका हुन ।

तपाईको प्रतिक्रिया