टिमुरेको बन्दरगाहको प्रगति ३५ प्रतिशत मात्रै

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
21 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा २०७६ मङ्सिर ४ गते शिलान्यास भई निर्माण सुरु गरिएको सुख्खा बन्दरगाह हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्रै भएको छ ।

चिन सरकारको आर्थिक र प्राविधिक सहयोग मा बन्न लागेको बन्दरगाह करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको र शिलान्यास गरेको ३० महिनामा सक्ने गरि आठ हेक्टर जमिनमा बनाउन चिनियाँ कम्पनीको तर्फबाट आयोजना प्रबन्धक याङ र नेपाल ईन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरे कृष्ण मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

नेपालबाट चिन प्रवेश गर्ने एक मात्र रसुवागढीको किनारामा बनिरहेको बन्दरगाहमा साढे तीन सयदेखि चार सयसम्म साना ठुला गाडी अट्ने पार्किङ स्थल निमार्ण हुने गरी जग्गा अधिग्रहण तथा मुआब्जाका काम भएपछि निर्माण को काम थालनी भएको थियो ।

चीनले प्राथमिकतामा राखेर काम अगाडि बढेता पनि अहिले सम्म काम ३५ प्रतिशत मात्रै भएको छ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज वाट पाँच र स्थानीय को तीन हेक्टर जग्गा अधिकरण भएको छ । बन्दरगाह एक भवन बनी त्यस भवनमा प्रशासनिक भवन, क्वारेनटाइन, बैक, ल्याब, सुरक्षा निकायको कार्यालय रहने छ ।

सात सय ५० वर्ग किलोमिटर को क्षेत्रफलमामा गोदाम घर निर्माण हुने बताइएको छ । कोभिडका कारण नेपाल र चिन बिचको व्यापारमा सहज बनाउने उद्देश्यले निर्माण भएको सुख्खा बन्दरगाहको निर्माण समयमा नै नहुनुमा कोभिडले गर्दा चिनियाँ प्राविधिक कामदार आफ्नो देश गएकाले लामो समयको अन्तरालसम्म पनि नेपाल नफर्केकाले समयमा नै बन्दरगाह को काम सक्न ढिला भएको ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका