बागमती खेलकुद विकास समिति गठन

प्रकाश तामाङ संवाददाता
ललितपुर

बागमती खेलकुद विकास समितिमा बुद्धराज नेगीको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति सोमबार गठन गरेको छ ।

समितिको उपाध्यक्ष श्यामबहादुर थिङ, कोषाध्यक्ष कृष्णबहादुर ग्लान प्युटार सदस्यहरुमा योगमान स्याङतन इकुडोल, देवराज लो घुसेल, हरिजर्गा मगर गिम्दी, निरोज लामा भट्टेडाडा र श्याम लामा माल्टा रहेका छन् ।

सदस्य सचिवमा भने पछि गाउँपालिकाको बैठकबाट मनोनयन गर्ने अध्यक्ष नेगीले बताए ।

नयाँ कार्यसमितिले पालिकाभित्र सबै वडामा खेलकुद विकासको लागि खेलकुद कार्यक्रम र आगमी गाउँपालिका अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको बताए ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन र सामाजिक शाखा तथा वडा नं २ माल्टाका अध्यक्ष विजय लो तामाङको उपस्थितिमा समिति गठन गरेका हुन् ।

तपाईको प्रतिक्रिया