एनसीसी बैङ्क र सिड मेडिकल ल्याबरोटरिजबिच सम्झौता

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क (एनसीसी बैङ्क) ले आफ्ना ग्राहकहरूलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता मार्फत बैङ्कको भिसा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरूलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा बैङ्कको भिसा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरूमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैङ्कले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका