लोड तथा अनलोड गाडिले सडक भासिदा यात्रुलाई सास्ती

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
112 Shares
रसुवा

रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ५ बनुवा घुम्तीमा सडक भासिँदा अवरुद्ध भएको गत असोज ६ गते सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आए पनि असोज ७ गतेदेखि नै साना ठुला लोड अनलोड गाडी भासिदा यात्रुहरू मारमा परेका छन् ।

गत साउन २५ गते राति अत्यधिक बर्सातका कारण सडक भासिदा ४५ दिनको समय असोज ६ गते सडक पूर्ण रूपमा सञ्चालनमा आए पनि असोज ७ गते देखि नै साना ठुला लोड अनलोड गाडी भासिदा यात्रुहरू मारमा परेका छन् ।

सडक सुचारु भएदेखि चीनको केरुङबाट आयात भएका सामान टिमुरे बाट भन्सार भई काठमाडौँ लगेर उक्त सामान दसैँ तिहारका सामान ढुवानी गर्न, विकास निर्माणका सामग्री भित्र्याउनदेखि खाद्य सामग्री लगायत बस सेवा सञ्चालन गर्न अझै सहज नभएको यातायात व्यवसायी बताउँछन् ।

७० मिटर लामो सडक क्षति भएपछि रसुवाको माथिल्लो भेगका जनता ले कष्टकर रूपमा आवतजावत गर्न कठिन यात्रा गरिरहेका छन् । सडकमा ढुङ्गा, माटो र मक हालेर मेसिनले राम्रोसँग नपेलेको उक्त सडकमा मेसिन ले माटो मात्रै हालेर मेसिनले पेल्दा ग्याविन लाई असर पर्ने हुँदा कम्पनीले जेसिवि मार्फत माटो मिलाउने काम भएको मात्र देखिन्छ ।

गत साउन २५ गते अवरुद्ध पासाङल्हामु राजमार्ग को भासिएको बेत्रावती धुन्चे सडक सुन्दरादेवि निर्माण सेवा कम्पनीले कामको आधारमामा बिलिङ सिस्टममा काम गरे तापनि दैनिक रूपका सास्ती बेगर राम्रोसँग चल्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका