हिमालयन आर्ट महोत्सव

सविता घिसिङ स‌चारकर्मी
434 Shares
काठमाडौं

विशेष दशैको अवसर पारेर पाँच वर्षदेखि निरन्तर रूपमा गरिँदै आएको ‘हिमालयन कला महोत्सव’ (Himalayan Art Festival) यस वर्ष पनि आयोजना गरिएको छ ।

ई आर्ट नेपाल (E Arts Nepal) को आयोजनामा आश्विन १० गतेबाट सुरु गरिएको हो । यो कला महोत्सव नेपाल कला परिषद् (Nepal Art Council) बबरमहलमा आश्विन १४ गतेसम्म खुल्नेछ ।

नेपाली कलाकारहरूको समसामयिक कलाकृतिहरूलाई विक्री गर्ने उद्देश्यले राखिएको यस कला महोत्सवमा नेपालका विभिन्न वरिष्ठ कलाकार देखि नव युवा कलाकारहरू समेतको गरी लगभग २०० वटा कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् । प्रत्येक कलाकृतिसँगको भित्तामा कलाकारको नाम सहितको कला विवरण र मूल्य तोकिएको छ । जसबाट कला महोत्सवमा आउने जो कोहीले त्यहाँ राखिएको कलाकृतिको बारेमा सजिलै बुझ्ने, अवलोकन गर्ने र मूल्य पनि थाहा लाग्ने हुँदा आफूले इच्छ्याएको कलाकृति खरिदको लागि पहल गर्न सक्नेछन् । हजारौ रुपैयाँदेखि लाखौँको रुपैयाँका कलाकृतिहरू समावेश गरिएको यस कला महोत्सवमा विभिन्न विधाका कलाकृतिहरू राखिएका छन् । जसमा चित्रकला, मूर्तिकला, पौभा, उडकटिङ, प्रिन्ट मेकिङ, पेपर कटिङ, सिल्क स्क्रिन प्रिन्ट, फोटोग्राफ्स, सेरामिक आदि लगायत   इन्स्टलेसन र अन्य विधा पनि समावेश गरिएका छन् ।

कला महोत्सव कै दौरान बिचका दिनहरूमा सेरामिक वर्कसप, सांगीतिक प्रस्तुति (Music Performance), कलामा कुराकानी (Conversation in Art ), आर्टिस्ट टक (Artist talk) समेत गरिँदै आएको छ र अन्तिम दिन आश्विन २३ गते कला कार्यशाला पनि हुने जानकारी गराइएको छ ।

यस कला महोत्सवको अर्को विशेषता भनेको एक वरिष्ठ कलाकारलाई प्रदर्शनीमा फिचर गरिनु पनि हो । जुन हरेक वर्ष कला मेलाकै दौरान गरिँदै आएकोमा यस वर्ष वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई फिचर गरिएको छ । उनको कला यात्रा र कला लाई विशेष रूपमा प्रदर्शनीमा राखिएको छ । यो कला जगतमा कला परिवार, कला क्षेत्रका कलाकारहरूले एक वरिष्ठ कलाकार प्रति राखेको स-सम्मान पनि हो । उनकै एउटा चित्रकलालाई अक्सनमा राखिएको छ साथै उनीबाट पनि एउटा आर्टिस्ट टक (Artist talk)आश्विन १३ गते हुने जानकारी छ । सम्भवतः आज गरियो ।

हिमालयन आर्ट महोत्सवकै समय, नेपाल आर्ट काउन्सिलद्वारा “कलामा कुराकानी”  (Conversation in Art) आश्विन १२ गते राखिएको कार्यक्रममा कलाका वकिल प्रियन्जना भट्टराईले कलासँग सम्बन्धित कानुनी विषयमा छलफल गरेका थिए।

विशेष कला सृजनासँगै कला प्रतिलिपि अधिकारलाई एक कलाकारले कत्तिको महत्त्व दिनुपर्छ, कला कानुनी वकालतमा प्रतिलिपि अधिकारले कस्तो भूमिका खेल्छ लगायत कलाकारले आफ्नो कलासँग सम्बन्धित कुनै पनि कार्य गर्दा एउटा लेखित कन्ट्र्याक्टको कस्तो भूमिका हुन्छ भन्ने कुरालाई स्पष्ट रूपमा राखे ।

नेपालमा २०५८ (2002) बाट कला कानुन बने सँगै सरकारको तर्फबाट कला सम्बन्धी कानुनी परामर्श सुविधा दिँदै आएको, प्रतिलिपि अधिकारको पंजिकरण पनि गरिँदै आएको तथा अदालमा पनि काल सम्बन्धित मुद्दाहरू दायर भएको जानकारी गराए । अझै पनि धेरै कालाकारहरूले कला प्रतिलिपि अधिकारको महत्त्वलाई नबुझेको र सचेत नदेखिएको बताउँदै यस विषयमा अब कलाकार मात्र नभई प्रहरी प्रशासनलाई समेत यस विषयको पूर्ण जानकारी गरी सचेत गराउनु जरुरी रहेको बताउनु हुन्छ ।

कला प्रतिलिपि अधिकारबाट एउटा कलाकारले भविष्यमा आफ्नो कलाकृतिलाई कानुनी तवरबाट कसरी, कुन तरिकाबाट सुरक्षित राख्न सकिन्छ र भोलि कला प्रतिलिपि अधिकारबाट कलाकार किन, के मा, कतिको होसियार हुनुपर्छ, हुन जरुरी छ लगायत कला कानुनको पाटाहरूलाई छलफलमा राखिएको थियो ।

मिस नेपाल २०१८ तथा मिस वल्र्ड नेपाल २०१९ अनुष्का श्रेष्ठको १२ गते प्रदर्शनीमा उपस्थिति रह्यो । उनले हामीसँगको कुराकानीमा आफूले दैनिक कार्य दिनचर्यामा भुल्दा कतिपय कलाका विषयलाई सर्हाना गर्न भुलेको, कला सौन्दर्य टाढा रहनुपरेको तर आफ्नै कलाकार मित्रबाट कला महोत्सवलाई प्रत्यक्ष अवलोकन गर्ने मौका मिलेको बताइन ।

प्रदर्शनीमा निक्कै राम्रा उत्कृष्ट कलाकृति भएको जुन प्रेरणादायक पनि रहेको उल्लेख गरिन।

परम्परा, संस्कृति झल्किने देखि समसामयिक  विषयका कलाकृतिहरूले भिन्न विषय कुराहरू दर्साएको तर एउटा कला एउटा विज्ञानको प्रश्न नभएको हुँदा हरेक कलालाई कुनै दुई व्यक्तिले एकै नजरबाट हेर्न नसकिने र विश्लेषण  नहुने अर्थमा प्रत्येक कलाको व्यक्ति  पिच्छे विशेष छुट्टै महत्त्व रहने कुरालाई स्पष्ट राखिएको थियो ।

यसरी कलाको विभिन्न विधाहरूलाई एउटै ठाउँमा समावेश गरी वरिष्ठ देखि नव युवा कलाकारहरूको विभिन्न कलाकृतिहरू राखिएको यस प्रदर्शनीले सम्भवतः हरेक कला प्रेमी ,अवलोकन कर्ता, खरिदकर्ता, दर्शक सम्पूर्णलाई कलाको भिन्न स्वादको अनुभव गराउनेमा कुनै दुई मत छैन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका