रसुवामा ३ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । २३ गते आइतबार उम्मेदवारीको दर्खास्त गरेकाबाट २६ गते बुधवार बिहान १० बजेबाट अपराह्न १ बजेसम्म फिर्ता लिन सकिने व्यवस्था भए अनुरूप तीन जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाको अनुसार नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका शिवप्रसाद लामिछाने, प्रदेशसभा क्षेत्र ‘क’ तर्फ उम्मेदवारी दिएका एकीकृत समाजवादी कै सनथ देवकोटा र प्रदेश सभा क्षेत्र ‘ख’ तर्फ उम्मेदवारि दिएका रामप्रसाद न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता गरिएको हो ।
उनीहरू ३ नै जनाले समयावधि भित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा र प्रदेश सभा मा २९ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि २६ जना ले प्रतिस्पर्धा गर्ने छन् । प्रतिनिधि सभामा १० जना प्रदेश सभा क्षेत्र ‘क’ मा ८ जना प्रदेश सभा क्षेत्र ‘ख’ मा ८ जनाको उम्मेदवार रहनेछन् ।