सान्जेनको आइपिओमा मागभन्दा बढी आवेदन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
49 Shares
रसुवा

रसुवा जिल्लामा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनको आइपिओमा ३८ करोड दुई लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो मागभन्दा बढी हो ।

सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको कित्तालाई आधार मान्दा १ दशमलव ४ गुणा बढी आवेदन परेको छ ।आवेदन दिने म्याद असोज ३० गते सम्म रहेको छ ।सान्जेनले भदौ ५ गते देखि एक सय अङ्कित मूल्य मा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्रमा आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

सामान्य प्रभावित आमाछोदिङमोका अन्य गा,पा,वडा नम्बर १,२,३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने छन् । स्थानीय ले न्यूनतम १० कित्ता देखि अधिकतम सात सय कित्ता सम्म आवेदन दिन सक्नेछन् ।यस मा असोज ३० गतेसम्म आवेदन दिन तेस्रो पटक म्याद थप भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका