नेपाल स्विट्जरल्याण्ड बन्न सक्छ


यु.यन. मिसनमा भाग लिन  जाने क्रममा स्विट्जरल्याण्डको जेनेभामा ७ दिन बस्ने अवसर प्राप्त भएको थियो । सात दिन बसाइँको अवधिमा स्विट्जरल्याण्डका १३ वटा प्रान्त घुम्ने मौका मिलेको थियो । भू–बनौटको दृष्टिले नेपाल र स्विट्जरल्याण्डमा खासै अन्तर देखिँदैन । तर विडम्बना विकासका दृष्टिले भने नेपाल र स्विट्जरल्याण्डविच आकाश–पातालको भिन्नता रहेको पाइन्छ । त्यहाँ पनि नेपालमा जस्तै अग्ला अग्ला विकट पहाडी भू–भाग, ओराली–उकाली, वन, जङ्गल, खोला, नाला रहेका छन् । समान भू–बनौट भएकाले हावा पानी पनि उस्तै रहेको छ । त्यहाँ पहाडको चट्टी चट्टीमा सडक पुगेको छ । एक डाँडा र अर्को डाँडाको बिच जादुमय तरिकाले सडक निर्माण गरिएको छ । कहीँ सुरुङ खनेर सडक निर्माण गरिएको छ । त्यहाँ प्रविधिको यती विकास भएको छ कि जेनेभा र फ्रान्सको एउटा पहाडी सहरका बिच समुन्द्र रहेको छ । तर ती दुई स्थानीयबिच रोप वे बाट गाडी ओहोर दोहोरो हुने गर्दछ । अचम्म त यो छ की समुन्द्रमा क्यासल निर्माण गरिएको छ त्यो  पनि दुई÷तिन सय वर्ष अगाडी ।

सडकमा कहीँ कतै फोहोरको त कुरै छाडौँ धुलो मैलो समेत देख्न पाइँदैन । सहरी वातावरणलाई स्वच्छ, सफा राखेर जनजीवन स्वस्थ बनाउनका खातिर सहरमा ठाउँ ठाउँमा रुख रोपेर हरियाली बनाइएको छ । बसोबासका हिसाबले निर्माण गरिएका नागरिकका घरहरूमा नेपालका पहाडी इलाकाका घरहरूमा जस्तै बार्दली निकालिएको पाइन्छ । प्रायः घरहरू दुई तले रहेका छन् । टाउन प्लानिङका हिसाबले घरहरू निर्माण गरिएकाले हरेक घरलाई चारैतर्फवाट बाटोले छोएको छ । हरेकको घर वरिपरि खाली जग्गा राखेर कम्पाउन्ड वाल लगाइएको हुन्छ ।

हामी भ्रष्टाचारयुक्त देश बनाउन लाग्यौं तर उनीहरू भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौं, उनीहरू देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनीति गर्‍यौं, उनीहरूले विकासमुखी राजनीति गरे ।

त्यहाँ हरेक काम कम्प्युटर प्रणालीबाट हुने गर्दछ । पसलमा सामान विक्री गर्ने काम कम्प्युटर प्रणालीले गर्दछ ।होटेलमा कम्प्युटर प्रणाली, ट्राफिक व्यवस्थापनमा कम्प्युटर प्रणाली । त्यसैले त न पसलमा साहु चाहिन्छ न सडकमा ट्राफिक । सडकमा गाडीवालले केही गरी ट्राफिक नियम उल्लङ्घन गर्‍यो भने उसको घरमा उ पुग्नुभन्दा अगावै फाईन विल पुगिसकेको हुन्छ । हुन त त्यहाँ अनुशासनको नियम अत्यन्तै कडा भएकोले कसैले पनि उल्लङ्घन गर्दैनन् । मान्छे हो कहिलेकाहीँ गल्ती नहोला भन्न सकिँदैन । त्यसैले त भनिन्छ नि – गल्ती नगर्ने पनि मान्छे होइन, गल्ती दोहोर्‍याउने पनि मान्छे होइन । त्यहाँ वर्दीवाला सेना र प्रहरीको व्यवस्था गरिएको छैन तर त्यहाँको नियम अनुसार प्रत्येक नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्ने छ । राज्यले चाहेको अवस्थामा वा सङ्कटकालीन अवस्थामा सबै नागरिक उपस्थित हुनुपर्ने छ । यसले के पुष्टि गर्दछ भने यदि शासकहरूमा इच्छाशक्ति, ईमान्दारीता, जिम्मेवारीपन छ भने देश विकासको काममा कुनै कुराले पनि वाधा पुर्‍याउन सक्दैन ।

जर्मन, इटाली र फ्रान्स स्विट्जरल्याण्डका सीमा जोडिएका देशहरू हुन । भू–बनौट र हावापानीका हिसाबले यसलाई युरोपको स्वर्गको रूपमा लिइन्छ । त्यसैले यहाँ युरोपभरिकै मानिसहरू देख्न पाइन्छ । यहाँ अङ्ग्रेजी भाषा बोल्ने मानिस कमै पाइन्छ । विशेष गरी जर्मनी, इटाली र फ्रेन्च भाषा बोल्ने मानिसहरू बढी भेटिन्छन् । यहाँ रहने कुल मानिसहरूमध्ये ४० प्रतिशत मात्र स्विस नागरिक छन् भने ६० प्रतिशत विदेशी नागरिक रहेका छन् । युरोपभरिकै अझ भन्ने हो भने संसारकै मानिसहरू आउने हुनाले यहाँ पाइने हरेक सामान अत्यन्तै महँगा हुन्छन् । होटलहरु त्यस्तै महँगा हुन्छन् । यसरी पर्यटकीय हिसाबले स्विट्जरल्याण्डले ठुलो परिमाणमा विदेशी मुद्रा आर्जन गरेको छ । यो पनि हाम्रोजस्तै शान्त क्षेत्र घोषित देश हो । तर त्यहाँ नेपालमा जस्तो अशान्ति, अराजकता, अस्थिरता, अस्तव्यस्तता, अव्यवस्था, अनुशासनहीनता पाइँदैन र त हाम्रो देशभन्दा आकाश पताल फरक रहेको छ ।

तर विडम्बना आकारमा स्विट्जरल्याण्डभन्दा ठुलो, प्राकृतिक श्रोत र साधनमा उ भन्दा धनी हाम्रो देश संधैभरी विकासोन्मुख देशको लिष्टमा परिरहेको अवस्था छ । उस्तै प्रकृतिको स्विट्जरल्याण्ड आज विकासको चरमचुलिमा पुग्दा हामी भने संधैभरी ‘गरिब देश’को रूपमा परिचित भइरहेका छौँ । यसका पछाडि विविध कारणहरू रहेका छन् । उ देश बनाउनतिर लाग्यो हामी आफू बन्नतिर लाग्यौँ । तर विडम्वना आकारमा स्विट्जरल्याण्डभन्दा ठूलो, प्राकृतिक श्रोत र साधनमा उ भन्दा धनी हाम्रो देश संधैभरी विकासोन्मुख देशको लिष्टमा परिरहेको अवस्था छ । उस्तै प्रकृतिको स्विट्जरल्याण्ड आज विकासको चरमचुलिमा पुग्दा हामी भने संधैभरी ‘गरिव देश’को रुपमा परिचित भैरहेका छौं । यसका पछाडी विविध कारणहरु रहेका छन । उ देश बनाउनतिर लाग्यो हामी आफु बन्नतिर लाग्यौं । त्याहांका नेता, शासकहरु ब्याक्तिगत स्वार्थभन्दा माथी उठेर राष्ट्रिय स्वार्थका लागि लागिपरे तर हाम्रा देशका शासक, नेताहरु राष्ट्रिय स्वार्थलाई लत्याएर व्याक्तिगत स्वार्थका लागि लागिपरे । हामी भ्रष्टाचारयुक्त देश वनाउन लाग्यौ तर उनिहरु भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौं, उनिहरु देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनिति ग¥यौं, उनिहरुले विकासमुखी राजनिती गरे । उनिहरुका कर्मचारीले सेवामुखी काम गरे, हाम्रा कर्मचारीले ढेवामुखी काम गरे । हामी काममा भन्दा भाषणमा केन्द्रित भयौं, उनिहरु भाषणमा भन्दा काममा केन्द्रित भए । हामीले कमिशनको खेलमा दलाल, तस्कर र भ्रष्टहरुलाई जन्मायौं, उनिहरु शुसासनउन्मुख भएकाले दलाल, तस्कर र भ्रष्टहरुले जन्म लिनै पाएनन् । उनिहरु शुसासनउन्मुख भए, हामीहरु कुशासनउन्मुख भयौं । उनिहरु ईमान्दार, अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ट, विवेकसिल, सुसंस्ककृत बने, हामी वेईमान, अनुशासनहिन, गैरजिम्मेवार, कर्तव्यविमुख, विवेकहिन र संस्कारहिन बन्यौ ।

हामीले श्रमलाई अपहेलना गर्‍यौं, उनिहरुले श्रमलाई सम्मान गरे । त्यसैले हामीहरु सवै नाईके, ठेकेदार भयौं, उनिहरु सवै श्रमिक भए । हामी श्रमचोर भयौं, उनिहरु श्रमसिल भए । जसले गर्दा उनिहरु विकसित भए, हामी संधैभरी विकासोन्मुखको लिष्टमै परेर वसेउं । उनिहरु स्वर्ग बने । हामी खै के खै के । का नेता, शासकहरू ब्याक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका लागि लागिपरे तर हाम्रा देशका शासक, नेताहरू राष्ट्रिय स्वार्थलाई लत्त्याएर व्यक्तिगत स्वार्थका लागि लागिपरे । हामी भ्रष्टाचारयुक्त देश बनाउन लाग्यौ तर उनीहरू भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौँ, उनीहरू देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनीति गर्‍यौं, उनीहरूले विकासमुखी राजनीति गरे । उनीहरूका कर्मचारीले सेवामुखी काम गरे, हाम्रा कर्मचारीले ढेवामुखी काम गरे । हामी काममा भन्दा भाषणमा केन्द्रित भयौँ, उनीहरू भाषणमा भन्दा काममा केन्द्रित भए । हामीले कमिसनको खेलमा दलाल, तस्कर र भ्रष्टहरूलाई जन्मायौँ, उनीहरू शुसासनउन्मुख भएकाले दलाल, तस्कर र भ्रष्टहरूले जन्म लिनै पाएनन् । उनीहरू शुसासनउन्मुख भए, हामीहरू कुशासनउन्मुख भयौँ । उनीहरू ईमान्दार, अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ, विवेकशील, सुसंस्कृत बने, हामी बेइमान, अनुशासनहीन, गैर जिम्मेवार, कर्तव्य विमुख, विवेकहीन र संस्कारहीन बन्यौ । हामीले श्रमलाई अवहेलना गर्‍यौं, उनीहरूले श्रमलाई सम्मान गरे । त्यसैले हामीहरू सबै नाइके, ठेकेदार भयौँ, उनीहरू सबै श्रमिक भए । हामी श्रमचोर भयौँ, उनीहरू श्रमशील भए । जसले गर्दा उनीहरू विकसित भए, हामी संधैभरी विकासोन्मुखको लिस्टमै परेर बसेउन् । उनीहरू स्वर्ग बने । हामी खै के खै के ।

त्यसैले अव राज्य सञ्चालकहरूले, नेताहरूले, राज्यका उपल्ला पद धारण गरेकाहरूले, अनि समस्त नेपालीहरूले आफूले आफूलाई समीक्षा गर्ने वेला आएको छ । स्विट्जरल्याण्ड बन्ने देश आज किन सबैभन्दा पछाडि परिरहेको छ । देश बनाउनु त कता हो कता हामी त भागबन्डामै अलमलिएर बसिरहेका छौँ । शरम लाग्नुपर्ने हो-जनताको सम्पत्ति तोडफोड गरिरहेका छौँ । हामी कहिले सुध्रिने हो । हामीले पछिल्लो पुस्तालाई कस्तो खालको शिक्षा दिइरहेका छौँ । कहिलेसम्म रेमिटेन्समा देश चलाइरहने हो ।, जबसम्म रेमिटेन्समा देश चलाइरहने मानसिकताले घर गरिरहन्छ तबसम्म यो देश विकासोन्मुख होइन त्यो भन्दा पनि तल झर्दै जाने छ । स्विट्जरल्याण्ड बन्ने कुरा त कता हो कता । सायद हामी कोही पनि अनभिज्ञ छैनौ होला– स्विस सरकारले दोलखाको जिरीमा प्राविधिक शिक्षालयका लागि सहयोग गर्न आउँदा जिरीलाई स्विट्जरल्याण्डको संज्ञा दिएको थियो । यो सङ्केतले के पुष्टि गर्दछ भने उनीहरूको बुझाइमा नेपाल पनि स्विट्जरल्याण्डजस्तो बन्न सक्छ । तर हाम्ले बनाउन सकेनौ चिन्ता त्यहाँनेर छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका