श्रमजीवी पत्रकारलाई हटाउन थालेपछि राससमा धर्ना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौं

राष्ट्रिय समाचार समिति ९रासस०मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासङ्घ लगायत पेसागत संघसंगठनले आज रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ र राससका अस्थायी करार ज्यालादारी पत्रकार सङ्घर्ष समितिको संयुक्त आयोजनामा श्रमजीवी पत्रकार निष्कासन गर्न लागिएको विरुद्धमा राससमा कार्यालयमा धर्ना दिइएको हो।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले छिट्टै नै बैठक बसेर आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने र निष्कर्षमा पुर्‍याउने बताए । उनले उक्त आन्दोलनको अगुवाइ महासङ्घले गर्ने समेत बताए । महासचिव पुरीले महासङ्घको पूर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल ती २२ जना पत्रकारको नवीकरण गर्न माग गरे । ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण अधिकारिले महासङ्घको पूर्व अध्यक्ष व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासङ्घको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासङ्घले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए ।

महासङ्घका केन्द्रीय सदस्य अधिकारीले राससका श्रमजीवी पत्रकारको विषयमा महासङ्घले अगुवाइ गर्ने र समस्या समाधान नहुँदासम्म निरन्तरता दिने भनाइ राखे । उनले दीर्घकालीन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताए ।

समाजवादी प्रेस सङ्गठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारलाई व्यवस्थापन गरी न्याय दिनुपर्ने बताए । उनले राससका श्रमजीवी पत्रकारको समस्या अहिलेको मात्र नभएकाले विनियमावली संशोधन गरेर दीर्घकालीन समस्या समाधान गर्नुपर्ने बताए । उनले राजनीतिक आस्थाका आधारमा श्रमजीवी पत्रकार हटाउन नमिल्ने बताए ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवी पत्रकारलाई निष्कासन गरे प्रेस चौतारीले सशक्त आन्दोलन गर्ने बताए । उनले ती २२ जना पत्रकारलाई हटाइएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिँदै यसो नगर्न आग्रह गरे ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजी श्रमजीवी पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न आग्रह गरे ।

नेपाल प्रेस सेन्टरका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि बहानामा निकाल्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

समाजवादी प्रेस सङ्गठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउन खोजिए आफ्नो सङ्गठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताए ।

श्रमजीवी पत्रकार सङ्घ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको भन्दै कुनै पनि हालतमा हटाउन नदिने बताए ।
सञ्चारीका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति ऐक्यबद्धता जनाउँदै समस्या समाधान गर्न आग्रह गरिन ।

रासस सङ्घर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुँदै नियत राखेर २० वर्षदेखि कार्यरत रहेका श्रमजीवीलाई हटाउन खोजेको भन्दै रोजगारी सुनिश्चितता नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बास्तोलाले पत्रकार महासङ्घका पूर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवी पत्रकारलाई हटाउन खोज्नु लाजमर्दो विषय भएकोले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चितता गर्न माग गरे । दिउसो १ बजेबाट ३ बजेसम्म नेपाल पत्रकार महासङ्घ अगुवाइ प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, श्रमजीवी पत्रकार सङ्घ लगायत पत्रकारका पेसागत सङ्गठनको सहभागिता रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका