चाडपर्वमा घर फर्किन नपाउने लाहुरेको कथा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
35 Shares

चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दसैँ तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतले खास गरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ । यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ । दसैँ तिहारमा घर जान नपाउने लाुहरेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान बाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ ।

परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ ।

सङ्गीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।

हरि हुमागाईँले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ । यस पटक पनि उनले भिडियोमा एउटा सिङ्गो कथा बुनेका छन् । जहाँ, थुप्रै संवाद पनि समावेश छ । भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन, हरिकै सम्पादन छ । भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ ।

भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईँ, गोकुल हुमागाईँ, सायना हुमागाईँलगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया