रसुवामा ३ सय ३० जना म्यादी प्रहरीमा छानिए

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
49 Shares
रसुवा

रसुवामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सुरक्षा का लागि ३ सय ३० जना म्यादी प्रहरी छानिएका छन् । १ महिना १० दिन को कार्यविधि तोकेर प्रहरी प्रधान कार्यालय ले गत भदौ ३० गते देखि असोज ६ गतेसम्म आवेदन खोल्दा कुल ३ सय ९१ जनाले रसुवामा म्यादी का लागि आवेदन दिएका थिए ।

रसुवामा छनौट भएका म्यादी प्रहरी लाई असोज ३० गते देखि कार्तिक ८ गते सम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम दिएर कार्तिक ९ गते देखि फिल्ड मा खटाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

म्यादी प्रहरीहरूलाई मतदान स्थलमा खटाउने गरी सुरक्षा कार्य योजना बनाइएको बताइएको छ ।  उनीहरूलाई ४० दिनको तलब,भत्ता रासन,पोसाक बापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने प्रहरीले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका