सत्यमोहन जोशीको निधन मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति श्रद्धाञ्जली दिएकी छन् । आइतबार ट्विटरमार्फत श्रद्धाञ्जली दिँदै भनेकी छन्‚‘जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको छ । ’

प्रधानमन्त्रीद्वारा दुख

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले ट्विटर मार्फत जोशीको निधनको खबरले निकै दुःखी बनाएको बताएका छन्। देउवाले जोशीको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका छन्। जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने पनि देउवाले उल्लेख गरेका छन्।

यसैगरी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सत्यमोहन जोशीको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत लेखेका छन्, ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ।’

यसैगरी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टाराइले जोशीलाई श्रद्वान्जली दिँदै लेखेका छन्‚‘ऐतिहासिक व्यक्तित्व सत्यमोहन जोशी अब हामी वीच रहनुभएन।आफ्नो १०२ बर्ष लामो जीवनको अन्तिम क्षणसम्म बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक नेपालको यथार्थ गहन अध्ययन र अनुसन्धानका साथ सबै नेपालीलाई बुझाउने र सिकाउने वहॉको योगदानलाई नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन् ! हार्दिक श्रद्धासुमन !’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया