नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्व मन्त्री तथा भक्तपुर क्षेत्र नं। २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरू न्यायिक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताएको छ ।
अखिल नेपाल महिला सङ्घ भक्तपुर क्षेत्र नं २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । महिला आन्दोलनकै उपलब्धिले अनेमसंघको पूर्व अध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको उल्लेख गर्दै उहाँले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको दाबी गरे । एक महिला एमाले भए दर्जनौँ व्यक्ति एमाले हुने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सबैभन्दा बढी महत्त्वपूर्ण जिम्मेवारी पनि महिलाको नै हुने बताए । उनले भने,‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन वा रूपान्तरणको लागि महिलाले खेलेको भूमिका अतुलनीय रहेको छ । त्यसमा पनि एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो । एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ । त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् । त्यसैले महिला एमालेको भोट बैङ्क हो । महिलाले न्यायिक फैसला गर्छन् । त्यसैले सोही अनुसार आगामी निर्वाचनमा केन्द्रित भई महिला नेता तथा कार्यकर्ताहरू लाग्नुहोस् । देशभर एमालेलाई विजयी गराउनुस् ।’
मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमाले मात्र भएको उल्लेख गर्दै उहाँले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको कुनै पनि तागत नभएको दाबी गरे । एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा मुलुकभर साना तथा ठुला विकासका आयोजनाहरू असङ्ख्य रूपमा सञ्चालन भएको तथ्यहरूलाई प्रस्तुत गर्दै उहाँले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अँध्यारो यात्रा सुरु भएको बताए । गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमितता, मंहगी, चरम नातावाद, कृपावाद मौलाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको बताए ।
एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने रु भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताए । केपी ओली र शेरबहादुर देउवाको तुलना नै हुन नसक्ने उल्लेख गर्दै उनले ओलीको तुलनामा र देउवा हास्य कलकार भेलुबाजे जस्तो मात्र भएको दाबी गरे । उनले भने,‘मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठिक रु उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठिक की उद्योग बेच्ने देउवा ठिक रु विभिन्न प्रकारका विना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठिक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठिक ?’
एमालेले भक्तपुरको विकासमा आँधीवीरे नै ल्याएको उल्लेख गर्दै नेता बस्नेतले जिल्ला बाँकी आयोजनाहरू सम्पन्न हुने विश्वास दिलाए । एक चुट्कीका भरमा जिल्लाको विकास हुने उल्लेख गर्दै नेता बस्नेतले भने,‘जिल्लामा एमालेको नेतृत्वमा करिब ९० प्रतिशत आयोजनाहरू निर्माण सम्पन्न भएका छन् । अव ठुला आयोजनाहरू सम्पन्न हुने चरणमा छन् । कतिपय सुरु हुने चरणमा छन् । गठबन्धन सरकारले बजेट कटौती गरेर सम्पूर्ण आयोजनाहरु रोकेको छ तर अब मंसिर ४ पनि पुनः एमालेको सरकार आउँछ त्यसपछि रोकीएकामात्र हैन, धेरै नयाँ नयाँ भिजन र दृष्टिकोणका योजनाहरू समेत व्यापक मात्रामा गर्नेछौँ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर सह इन्चार्ज तुलशा दाहाल, अनुशासन आयोगको सदस्य विना बास्तोला, एमाले बागमती प्रदेशका सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, एमाले क्षेत्र नं २ प्रदेश ‘क’ का उम्मेदवार किरण थापा, ‘ख’ का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, राष्ट्रिय युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष रविन थापालगायतले आ–आफ्नो धारणा राखिएको थियो । अध्यक्ष लक्ष्मी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घको जिल्ला अध्यक्ष उत्तरा नेपाल, एमालेबाट प्रदेश समानुपातिक उम्मेदवार शकुन्तला श्रेष्ठ, पूर्व जिल्ला समन्वय समिकिो उपप्रमुख सरिता कुँवरलगायत सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।