रिचाको म्हेन्दोमाया भिडियो सार्वजानिक

काठमाडौं

गायिका रिचा ब्लोनको नयाँ म्हेन्दोमाया गीतको भिडियो सार्वजानिक भएको छ । गायिका रिचाको स्वरमा रहेको ‘गोन्बो गाङ…’ बोलको गीतको भिडियो दर्शकमाझ एलएमसी डिजिटल युट्युबमार्फत सार्वजानिक भएको हो ।

गायिकाको पहिलो म्युजिक भिडियो हो । कलाकार रोशन फ्युबाको शब्द, बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले संगीत संयोजन र वाङ्च्यु फ्युबाले मिक्सिङ गरेको छ । सरिस्मा तामाङको नृत्य निर्देशनमा गायिका आफैले मोलिङ गरेकी छिन् । भिडियोलाई रोशन फ्युबाले निर्देशन र प्रकाश तामाङले छायाँकन गरेका छन् ।

लामो समयदेखि दक्षिण कोरियामा रोजगारीको शिलशिलामा बस्दै अएकी रिचा ब्लोन केही महिनाको छुट्टिको समयलाई सदुपयोग गर्दै म्हेन्दोमाया गीत दर्शकमाझ ल्याएकी हुन् । उनको गीतमा सुरिलो स्वर सुन्न र हेराैं-हेराैं लाग्ने अभिनय र नृत्य देख्न सकिन्छ ।

भिडियो रसुवाको आमाछोदिङ्मो (पार्वती कुण्ड) र धादिङ जिल्लाको पर्यटकिय स्थल रुबी भ्यालीको पाङ्साङ वरिपरि छायाँकन गरिएको हो । गोम्बो गाङ गीतलाई सबैले रुचाएका छन् । भिडियो सार्वजनिक भएपछि बधाई दिइरहेको र सकरात्मक प्रतिकृयाहरू पाइरहेको गायिका बताउछिन् । दर्शकहरूले युट्युब कमेन्टमा अगामी दिनको लागि शुभकामना दिदै छायाँकन स्थलको प्रसंशा गरेका छन् ।

भिडियोः

तपाईको प्रतिक्रिया