मायाले ‘याद आउँछ बेसरी’ भनेपछि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक गीत सार्वजनिक हुने क्रम जारी नै छ । त्यसै क्रममा ‘याद आउँछ बेसरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।

यस गीतलाई गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन् ।गीतको शब्दलाई गणेश गुरुङले लेखेका हुन् भने संगीत गायिका माया गुरुङले भरेकी हुन् ।
गीतलाई संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन् ।

युवा निर्देशक मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

गीतमा मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई प्रकाश खड्को छायांकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया