ओपोद्वार ए-सिरिज २०२० सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सोमबार आधिकारिकरुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेँट हो । उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन जी यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने देखिन्छ ।

‘नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा हामीले यी दूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ । साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नुपनि यसको मूल उद्देश्य हो ।’, ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने , ‘नयाँ नामले आउने दशकका लागि हाम्रो भिजनको प्रतिनिधित्वपनि गर्छ । यसले ब्राण्डका अत्याधुनिक प्रविधिहरु, आकर्षक डिजाइन, उत्कृष्ट फोटोग्राफी, शक्तिशाली कार्यक्षमताको प्रतिनिधित्व गर्नुका साथै अझ सटिकरुपमा नयाँ पुस्ताका मागको सम्बोधनपनि गर्छ ।’ ए सिरिज २०२० अन्तर्गतका यी दूई नयाँ मोडलले ओपोका लागि पछिल्ला संस्करणका तुलनामा अझ बढी सम्भावनाका ढोकाहरु समेत खुल्ला गरिदिएको छ ।

ओपो ए सिरिज २०२०ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८एमपी क्वाड क्यामेरा मार्फत आफुमा निहित रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्छ र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउँछ । नयाँ फोनले अदृतिय मनोरञ्जन प्रदान गर्दै दैनिक तनाव कम गर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्छ ।

अत्याधुनिक क्यामेरा प्रविधि

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा(वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमा भने, १२एमपी मुख्य क्यामेरा जडान गरिएको छ । यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ ।

एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरिय तस्विर लिन सघाउँछ । ८एमपी ११९डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्विरको समायोजन र अभिब्यक्ति मार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला शट्स लिन सघाउँछ । मोनो लेन्स र पाट्रेट लेन्सले प्रयोगकर्तालाई पोटे«ट शट्समा रेट्रो, ग्रेनी र एट्मोस्फेरिक फिल्टर्स लगायतको प्रयोग गर्ने सुविधा मार्फत पृथक तस्विर खिच्ने सुविधा दिन्छ ।

अल्ट्रा नाइट मोड २.०ले न्वाइज रिडक्सनको सुनिश्चितता दिन्छ । साथै, एचडीआर र मल्टि(फ्रेम प्रविधिले प्रयोगकर्तालाई रातको समयमा समेत उज्याला तस्विर खिच्ने सुविधा प्रदान गर्छ । यसो गर्दा मानिसका लागि छुट्टै प्रक्रिया अपनाइने हुँदा तस्विरमा मानिसका अनुहार चहकिला र अझ विस्तृत देखिन्छ । अल्ट्रा नाइट मोड २.०को प्रयोग अल्ट्रा वाइड एंगल फोटो लिनका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एनाइन २०२०मा १६एमपी सेल्फी क्योमरा उपलब्ध गरिएको छ र एफाइभ २०२०मा ८एमपी सेल्फी क्यामेरा । दुबैमा कम्पनीले टेलर मेड सेल्फीका लागि एआई ब्यूटिफिकेशन प्रविधि दिएको छ । यसले फरक फरक बजारमा रहेका फरक फरक ब्यूटी ट्रेण्डका लागि समाधान उपलब्ध गराउँछ । यो प्रविधिले स्वचालितरुपमा स्किन टोन, लिंग, उमेर, रंग लगायतको पहिचान गर्छ । अनुकूलित ब्यूटिफिकेशनका लागि यसले प्रयोगकर्ता छुट्याउने क्षमता समेत राख्छ । परिमार्जित र परिस्कृत नयाँ अल्गोरिथम मार्फत यसले मेकअफ फ्रि लुक्सका साथमा आकर्षक र गुणस्तरिय तस्विर लिन सघाउँछ ।

उपभोक्ताको उच्च गुणस्तरिय एक्सन भिडियोका लागि बढ्दो मागको सम्बोधन गर्न यसपटक कम्पनीले ब्यूल्ट(इन गायरोस्कोप सहित दूबै ह्याण्डसेटका लागि नयाँ स्टेबलाइजेसन प्रविधि उपलब्ध गराएको छ । यसले दौडिँदा, हिँड्दा, साइक्लिङ लगायत कार्य गरिरहँदा स्थिर भिडियो खिच्न सहजता प्रदान गर्छ । साथै, छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथ यसमा सुधारिएका भिडियो फिल्टर्सपनि उपलब्ध गरिएका छन् ।

आकर्षक र प्रयोग(मैत्री ईन्टेलिजेन्ट डिजाइन

ओपो ए सिरिज २०२०मा आकर्षक लुक्स र सुदृढ प्रयोग अनुभवका लागि पछिल्ला संस्करणका तुलनामा ३१.४ प्रतिशतले कम क्षेत्रफल ओगट्ने नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्ला ग्लास थ्री+को प्रयोग गरिएको छ । यो तेस्रो पुस्ताका गोरिल्ला ग्लासको तुलनमा थप कडा हुनुका साथै अझ बढी सुरक्षा प्रदान गर्छ । यसमा रहेको सनलाइट स्क्रिनले स्क्रिन प्रत्यक्ष सुर्यको प्रकासमा समेत रिडेबिलिटी बढाउनुका साथै कम वा अत्यधिक प्रकास भएका स्थानमा समेत उत्कृष्ट रंग फाल्ने क्षमता राख्छ । साथै यसमा रहेको ब्ल्यू लाइट फिल्टरले केही हदसम्म प्रयोगकर्ताको आँखालाई सुरक्षा समेत प्रदान गर्छ ।

अझ भाइब्रेण्ट आकर्षक लुक्सका लागि ओपो एनाइन २०२०मा थ्रीडी ग्राडियण्ट डिजाएनको प्रयोग गरिएको छ । यसको निर्माणमा ४ कभ्र्ड थ्रीडी शिट्सको प्रयोग गरिएको छ । यसले गर्दा फोन पातलो देखिनुका साथै हातमा समाउँदा आरामदायी ग्रिपपनि प्रदान गर्छ । फोनमा प्रयोग गरिएका नानो स्केल प्याटन्र्सका कारण फरक कोण र भिन्न भिन्न प्रकासमा यसले मल्टि टोन्ड, ¥याडियन्ट कलरिङ फाल्छ ।

अदृतिय प्रयोग अनुभव र कार्य क्षमताका लागि हार्डवेयर र सफ्टवेयरको समायोजन

१९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ ।

अडियोका लागि ओपो ए सिरिज २०२०२मा उच्च भोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन् । उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभव लगायतका लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ ।

ओपो ए सिरिज २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ । स्न्यापड्रागन ४५० प्रयोग गरिएको पछिल्लो एसेवेनका तुलनामा एनाइन २०२०को सीपीयूमा ४० प्रतिशत सुदृढ छ भने यसको जीपीयूमा १०० प्रतिशत सुधार दिइएको छ ।

विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ । यसले गर्दा प्रयोगकर्ताले लाइटनिङ फास्ट गेम प्ले रेस्पोन्स पाउँछन् । फलतः टच स्क्रिनका कारण हुने ढिलाइको समस्याको समाधान हुनुका साथै समग्र गेमिङ अनुभवमै सुधार आउँछ । फ्रेम बुस्टले रियल टाइम मोनिटरिङ गर्दै गेम ल्यागमा सुधार ल्याउँछ । साथै, यसले फोट तात्ने, अत्यधिक उर्जाको खपत लगायत समस्यामा समेत सुधार दिन्छ । त्यसैगरी, यसमा रहेको टच बुस्टले गेमिङका दौरान टचस्क्रिनको प्रतिक्रिया तिब्रता प्रदान गर्छ । साथै, टचस्क्रिनको प्रतिक्रियात्मक क्षमतामा बृद्धि गराइ यसले फोन तिब्र र सटिक कार्यक्षमता भएको अनुभव प्रदान गर्छ ।

फोनहरुमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ । यसले ताजा दृष्यानुभुति दिनुका साथै लामो समयसम्मको निरन्तर प्रयोग गर्दा समेत आरामदायी अनुभव प्रदान गर्छ । फोनमा फिंगरप्रिन्ट र फेसियल अनलक जस्ता आकर्षक फिचरपनि उपलब्ध छन् । यस सञ्चालन प्रणालीमा स्मार्ट एसिस्ट्यान्ट, राइडिङ मोड, म्यूजिक पार्टी र गेस्चर न्याभिगेसन जस्ता स्मार्ट फञ्सन्सपनि दिइएका छन् । यसले प्रयोगकर्तालाई सहजताको अनुभूति दिनुका साथै, सुरक्षा र समग्र फोनको क्षमतामा बढोत्तरीको अनुभव प्रदान गर्छ ।

फोनमा जीवनका सुन्दर सम्झनाहरु सञ्चयका दौरान स्पेसका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ १२८जीबी उच्च मेमोरी क्षमता र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री(कार्ड (डुअल सिम + माइक्रोएसडी) स्लट पनि उपलब्ध छ ।

विक्रि सम्बन्धि जानकारी

८ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपालभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका