मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवाबाट क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेदवार प्रभात तामाङ पुनः विजयी भएका छन् ।
प्रतिपक्ष नेकपा एमालेका उम्मेदवार कुल प्रसाद भट्टलाई ३ हजार ४ सय १४ मतले पछि पार्दै ८ हजार १ सय ८६ मत ल्याएर तामाङ विजयी भएका हुन् ।
एमालेका भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरिएको थियो ।यस्तै राप्रपाका उम्मेदवार महेश डङ्गोलको ९५, मादल चिन्हमा बाबुकाजी माकजु ले २३, बज्र चिन्हमा पाल्देन वाङदि तामाङले १७, भाले चिन्ह जितमान तामाङ १३८, चारतारे कामी थोक्राले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको प्रदेश सभा सदस्य विजयी भएका उनी यस पटक पनि पुनः जित निकाल्न सफल भएका छन् ।
तामाङ नेपाली काँग्रेस सांसदीय दलको बागमती प्रदेश सभाका प्रवक्ता समेत थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1