ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्।
बुधवार बिहान सार्वजनिक मत परिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।
सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।
राजनितिसम्मको यात्रा
पेसाले जनरल सर्जन डा। तोसिमा कार्कीले विद्यार्थी जीवनदेखि नै आफ्ना ठाउँका समस्यादेखि देशको बेथिति बुझ्ने मौका पाइन् । ललितपुरको नख्खुमा हुर्किएकी उनले मेडिकल विद्यार्थीको हैसियतले चिकित्सा क्षेत्रमा हुने गरेका लुट र अनियमितताका घटना देखिन् ।
डा। गोविन्द केसी किन पटकपटक सडकबाट स्वास्थ्य क्षेत्र सुधारका लागि भनेर सत्याग्रह बस्छन् भन्ने नजिकबाट नियाल्न थालिन् । ग्रामीण क्षेत्रमा उपचारको अभावमा नागरिकले अकालमा ज्यान गुमाइरहेको थाहा पाइन् । चिकित्सा शिक्षाको चर्को शुल्कको विरोधमा सडकमा उत्रिएका विद्यार्थीलाई देखिन् ।
यस्ता तमाम समस्या देख्दा उनलाई लाग्न थाल्यो– कतै नीतिगत तहमा इमान्दार मान्छे नहुँदा त नागरिकले सास्ती भोगिरहेका छैनन् रु जनरल सर्जन भएर हरेक बिरामीको शल्यक्रिया गरिरहँदा उनलाई लागिरह्यो– नेपाली राजनीतिमा ुट्युमरुको समस्या छ । जसको जरैदेखि शल्यक्रिया आवश्यक छ ।
२०७८ सालमा नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा निर्वाचित भएसँगै राजनीतिमा छिरेर समस्याको ‘शल्यक्रिया’ गर्ने उनको अठोटमा हौसला थपिन्छ । अनि सुरु हुन्छ, ‘स्वस्थ नेपाली, सुखी नेपाली’ नाराका साथ डा। तोसिमाको राजनीतिक यात्रा ।