काठमाडौँ क्षेत्र नं ३ मा प्रतिनिधि र प्रदेश सभामा काङ्ग्रेसका उम्मेदवार विजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
काठमाडौं

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसे विजयी भएका छन् । चालिसे १५ हजार १५८ मतसहित चालिसे विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २ हजार ५११ मत पाएको निर्वाचन आयोगले जनाएको छ । माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईँले ५१८ मत पाएका छन् ।

यसै गरी क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा काङ्ग्रेसकै उम्मेदवार विमल ठकुरी निर्वाचित भएका छन् । ठकुरी १० हजार ६१७ मतसहित निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामेश्वर फुयाँलले ८ हजार २४७ मत ल्याएका छन् ।

त्यस्तै क्षेत्र नं ३ प्रदेश (क) मा छिरिङदोर्जे लामा निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रमान लामा र दीपेन्द्र लामालाई पछि पार्दै विजयी भएका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका