दोलखामा भयरहित मतदान‚ उत्साहजनक मतदाता सहभागीता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
329 Shares
दोलखा

दोलखाको बैत्यश्वर र तामाकोशीको १० स्थानमा भइरहेको पुनः मतदान शान्तिपूर्ण र उत्साहरुपमा भएको जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएअनुसार अहिलेसम्म निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको जनाएको छ । बिहान ७ बजेदेखि सुरु मतदान शान्तिपूर्ण रूपमा भइरहेको हो । बिहानैदेखि लाइनमा बसेका मतदाताले निकै उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।

मङ्सिर ४ गते बुथ कब्जा भएका मतदान केन्द्रमा आज भइरहेको पुनः निर्वाचनमा स्थानीयको बाक्लो सहभागिता छ भने पहिलो पटक आफ्नो मत आफै हाल्न पाउँदा उनीहरू असाध्यै खुसी देखिएका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ भने मतदाताले निर्धक्कका साथ मत राख्न पाइरहेको बताएका छन् ।

दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग र तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा गरी १० केन्द्रमा मतदान भइरहेको छ ।

मतदान केन्द्रमा कुल ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । १० मतदान केन्द्रमा अहिलेसम्म ६० प्रतिशत भन्दा बढी मतदान भइसकेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

नेकपा एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले स्वतन्त्र, शान्तिपूर्ण, र भयरहित निर्वाचनको पक्षमा सहयोग गर्न सबैमा अपिल समेत गरिएको छ ।

बुथ कब्जा गर्ने प्रबृत्तिको अन्त्य : शिवाकोटी

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न सफल भएको बताए ।

बिहीबार वैतेश्वर र तामाकोशीका विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै उम्मेदवार शिवाकोटीले पुनःनिर्वाचनमार्फत बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य भएको बताए ।

हामीले दोलखाका आठ/दस ठाउँमा बुथ कब्जा भएको उजुरी दिएका थियौ, तर त्यसमध्ये चार ठाउँमा पुनस्निर्वाचन हुँदा आंशिक भए पनि बुथ कब्जा गर्ने गलत प्रवृत्तिलाई अन्त्य गर्न सफल भएका छौ, यो दोलखाली जनताको लागि खुसीको कुरा हो, उम्मेदवार शिवाकोटीले भने ।

हर्षोल्लासका साथ दोलखामा पुनः मतदान हुनु खुसीको कुरा भएको बताउनुहुँदै शिवाकोटीले जनताले सहज ढंगले मतदान गर्न नपाएकै कारण आफूले सघर्ष गरेको स्पष्ट पारे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका