दोलखाका बैत्यश्वर र तामाकोशीको मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
दोलखा

दोलखाको चारवटा मतदान स्थलमा पुनः मतदान भएको छ । बिहीबार भएको मतदानमा ४९।९८ प्रतिशत मत खसेको छ । जुन गत मंसिर ४ गते भएको मतदानभन्दा एक हजार ३२२ मतले कमी हो ।

जसमा वैतेश्वर गाउँपालिकाको मिर्गेमा १ हजार २ सय, नाम्दुमा १ हजार २ सय ३४, गौरीमुदीमा १ हजार २ सय र तामाकोशी गाउँपालिकाको जफेमा ८ सय मत खसेको जनाइएको छ ।

१० मतदान केन्द्रमा गरि कुल आठ हजार ५१४ मतदाता थिए । मंसिर ४ को निर्वाचनमा भने बुथ कब्जा गरेर एक्लौटी रुपमा पाँच हजार ५७८ मत खसालीएको थियो । आज खसेको मत ४ मंसिरको भन्दा १ हजार १४४ ले कम हो ।

प्रहरीले छिटफुट घटना बाहेक आजको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका