दोलखामा मतगणना जारी‚ गङ्गा कार्कीको अग्रता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
161 Shares
दोलखा

दोलखामा मङ्सिर ४ र पुनः मङ्सिर १५ मा मतदान सम्पन्नपश्चात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

बिहीबार रातीबाट मतगणना सुरु भएको दोलखामा प्रतिनिधिसभामा गठबन्धन तर्फबाट उम्मेदवार बनेका गङ्गा कार्कीले अग्रता लिएका छन् । त्यस्तै उनलाई निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पछ्याइरहेका छन् ।

गौरीशङ्कर गाउँपालिकाबाट मत गन्न सुरु गरेको कार्कीले अहिलेसम्म ५०३५ मत ल्याई पहिलो स्थानमा र उनका निकटतम प्रतिद्वन्द्वी शिवाकोटी २९२८ मत ल्याइ दोस्रो स्थानमा छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धन दलका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । गठबन्धन दलका साझा उम्मेदवार काँग्रेसका काफ्लेले २८७५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले भने १८५७ मत मात्रै पाएका छन् ।

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–बाम गठबन्धन दलका उम्मेदवार बर्मा लामाले एमालेका उम्मेदवार भरत केसीलाई पछि पारेका छन् ।

शैलुङको मत गणना अन्तिम चरणमा पुग्दा लामाले ४१४१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका केसीले ३०६७ मत पाएका छन् ।

कुल जनसङ्ख्या १८५४९३ रहेको दोलखामा कुल १६१४५० मतदाता रहेका छन् । जसमा ८१६१५ जना पुरुष छन् भने ७९८३५ जना महिला छन् ।

यस जिल्लामा १ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभाको निर्वाचन क्षेत्र २ रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका