दोलखामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाउँदै गठबन्धनका गङ्गा कार्कीलाई पछ्याइरहेका छन् ।
शैलुङ गाउँपालिका र गौरीशङ्कर गाउँपालिका गनिसक्दा करिब २ हजार मतान्तरले पछि परेका शिवाकोटीले कालिन्चोक गाउँपालिकाको गणनापछि मतान्तरको दुरी साँघुरो बनाउँदै लगेका छन् ।
शनिवार मध्यान्हसम्मको मत परिणामअनुसार कार्कीले १०४७२ मत पाएका छन् भने शिवाकोटीले ९३०५मत पाएका छन् ।
अहिलेसम्म गौरीशङ्कर‚ कालिन्चोक र जिरी नगरपालिकाको मत परिणाम सार्वजनिक भइरहेको छ। अहिले २१ वडाको मत परिणाम आइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कालिञ्चोक शिवाकोटीको गाउँपालिका हो । वडा नम्बर १ मा भने गठबन्धनले कब्जा गरेको थियो । गौरीशंकर गाउँपालिका कार्कीको गृहपालिका हो ।
समानुपातिक मत परिणाम : प्रतिनिधिसभा र प्रदेशसभा एमाले अगाडि
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को जारी मतगणना अनुसार दोलखाबाट समानुपातिकमा दुवैतर्फ नेकपा एमालेले अग्रता लिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रतिनिधिसभाको जम्मा १२ हजार २ सय ८८ मत गणना गर्दा एमालेले ४ हजार ८ सय ८० मत प्राप्त गरेर अग्रता लिएको हो ।
त्यसै गरी नेपाली काङ्ग्रेसले ३ हजार ५ सय ८, नेकपा माओवादी केन्द्रले १ हजार ६ सय ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ४, राप्रपाले ५ सय ९५ र नेकपा एकीकृत समाजवादीले ३ सय ३३ मत प्राप्त गरेका छन् ।
प्रदेशसभातर्फ १७ हजार ५ सय २९ मत गणना गर्दा ६ हजार ३ सय ४४ मत प्राप्त गरेर अग्रता लिएको छ । त्यसै गरी नेपाली काङ्ग्रेसले ४ हजार ९ सय ८५, नेकपा माओवादी केन्द्रले ४ हजार १०, नेकपा एकीकृत समाजवादीले ५ सय ९४ र राप्रपाले ४ सय १२ र मत प्राप्त गरेका छन् ।
यो पनि
- दोलखामा मतगणना जारी‚ गङ्गा कार्कीको अग्रता
- दोलखाका बैत्यश्वर र तामाकोशीको मतदान सम्पन्न, ५० प्रतिशत मत खस्यो
- दोलखाका एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीको गाडी तोडफोड [भिडियो].
- शैलुङ वडा १ मा शान्त वातावरणमा मतदान सम्पन्न, शैलुङमा १०३१२ मत खस्यो