दोलखा प्रदेश २ मा भरत केसी निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन
364 Shares

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार भरत केसी विजयी भएका छन् ।

केसीले १९४१४ मत पाएका ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १७५९५ मत पाएका छन् । मतान्तर भिन्नता १८१९ मत रहेका छन ।

२०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएर एक कार्यकाल विताएका केसीलाई प्रदेशको यात्राका लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।

लामा यसअघि अघिल्लो स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए भने अघिल्लो प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनी प्रदेशसभा १ वाट उम्मेदवार बनेका थिए । तर, उनी दुवै निर्वाचनमा सफल हुन सकेनन् । तेश्रो पटकको निर्वाचनमा पनि लामा पराजित भएका छन् ।

लामालाई स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिकामा अहिले एमालेबाट प्रदेश १ मा उम्मेदवार बनेका नर बहादुर श्रेष्ठले पराजित गरेका थिए भने प्रदेशसभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका नेता विशाल खड्कासँग पराजित भएका थिए । उनको यो लगातार तेस्रो पटकको हार हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका