चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी आउने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
203 Shares
साउदी अरेबिया

चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरबको तीनदिने भ्रमणमा आउने भएको छ । चिनियाँ राष्ट्रपति सी बुधबार साउदी भ्रमणका लागि आउने आधिकारिक साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।

राष्ट्रपति सीले भ्रमणको क्रममा विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदीका राजासँग भेटवार्ता गर्नेछन् । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै राष्ट्रपति सीले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

कोरोना भाइरस विश्वव्यापी महामारी सुरु भएपछिको राष्ट्रपति सीको यो तेस्रो विदेश भ्रमण हो । सीको सन् २०१६ पछि साउदीको यो पहिलो भ्रमणसमेत हो । साउदी र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया