साउदी घेदुङको पहलमा बिचारमानलाई नेपाल फर्काइयो

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
203 Shares
रियाद, साउदी अरेबिया

वैदेशिक रोजगारीका लागि साउदी आइपुगेका बिचारमान तामाङलाई नेपाल तामाङ घेदुङका प्रवास शाखा साउदीले उद्धार गरि नेपाल फर्काइएको छ । तामाङलाई हिमालयन सोमबार एयरलाइन्सको उडानबाट नेपाल फर्काइएको घेदुङका वरिष्ठ उपाध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

प्रवास शाखा साउदीका वरिष्ठ उपाध्यक्ष घिसिङका अनुसार अस्वस्थ समेत रहेका तामाङलाई सनराईज कार्गोले टिकटको लागि सहयोग गरेको हुन् । सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१, का बिचारमान) भन्छन् ` म झन्डै ९ महिनाअघि आल दास मेनपावर मार्फत गाडी धुने काममा साउदी आएको हो ।´ उनले थपे ` मलाई कम्पनीले सम्झौता अनुसारको काम नदिई अन्य कम्पनीमा काम लगाएर तलब, सेवा सुबिधा र आप्रवासीय परिचयपत्र (आकामा) समेत दिएन । ´

बिगत ५ महिनादेखि अस्वस्थ रहेका तामाङलाई कम्पनीले उपचार समेत बेवास्ता गरेको साउदी घेदुङका वरिष्ठ उपाध्यक्ष घिसिङको भनाइ थियो । उनका अनुसार पीडित तामाङको उद्धारमा दूतावासको समेत ठूलो भूमिका रहेका छन् । वरिष्ठ उपाध्यक्ष घिसिङले भने ` यसरी साउदी लगायत अन्य मुलुकमा अलपत्र परेकाहरूको उद्धारका लागि नेपाल सरकार गम्भीर हुनुपर्छ । व्यक्ति र संघसंस्थाहरुले मात्र गरेर समस्याको समाधान हुन्न ।´

सन् २०१४ मा गठन भएको घेदुङले हालसम्म विभिन्न रोगका बिरामी, शैक्षिक क्षेत्र लगायत अन्यमा सहयोग आएको छ । वैदेशिक रोजगारीका लागि साउदी आएका तामाङहरुलाई संगठित गर्दै भाषा, संस्कृति, परम्परा, धर्म लगायत अन्य पाटहरुको संरक्षण तथा सम्बर्द्धनको सहयोगार्थ घेदुङको स्थापना गरेका हुन् । घेदुङले दमाममा क्षेत्रीय कार्यसमिति समेत सन् २०१९ मा स्थापन गरिसको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया