साउदी अरेबियामा तामाङ घेदुङका प्रवास शाखाले दुई शहरमा ल्होछार मनाउने भएको छ । घेदुङका प्रवास शाखाले रियादमा र क्षेत्रीय घेदुङले दमाममा गरि दुई शहरमा ल्होछार मनाउन लागिएको हो ।
घेदुङका प्रवास शाखाले रियादस्थित एक्जिट ९ मा बृहत ल्होछार कार्यक्रम गर्ने वरिष्ठ उपाध्यक्ष अमृत घिसिङले जानकारी दिए । उनका अनुसार कार्यक्रम हलसम्म पुग्न यातायातको व्यवस्था रहेका छन् । ` रोजगारीका लागि साउदी आउनुभएको तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुको हितका लागि ल्होछार कार्यक्रम गर्न लागिएको हो,´ शाखाका अध्यक्ष रुपक वाइबाले भने,` यसरी कार्यक्रम गर्दा धर्म, संस्कृति, कला, भाषा लगाएको संरक्षण हुनुका साथै मानसिक तनाव घट्न सहयोग पुग्छ ।´
घेदुङका प्रवास शाखाका अनुसार नेपालबाट कलाकार, लामा गुरु लगायतका लागि भिसा झन्झटिलो भएका कारण यसपटकलाई साउदीमा रोजगारी गरिरहेकाहरुलाई पहिलो प्राथमिकता दिनेछन् । सन् २०१४ मा स्थापित शाखाको केन्द्रिय समिति यसअघि जेद्दा रहेपनि गत नोभेम्बरबाट रियाद ल्याएको हो ।
त्यसैगरी घेदुङका प्रवास शाखाका क्षेत्रीय समिति दमामले जनवरी २७ तारीखमा ल्होछार मनाउन लागिएको अध्यक्ष एवं कार्यक्रम संयोजक बिजय लामाले जानकारी दिए । उनका अनुसार दमामस्थित प्यारागन रेस्टुरेन्टको हलमा ल्होछार कार्यक्रम गर्न लागिएको हो ।
` क्षेत्रीय घेदुङ दमामले शुक्रबार होलिडेन रेस्टुरेन्टमा एक बैठक राखेर कार्यक्रमका रुपरेखाका बारेमा छलफल गरेर जिम्मेवारी समेत बाँडफाँड गर्यो ´ अध्यक्ष एवं कार्यक्रम संयोजक लामाले भने, ` सन् २०१९ मा स्थापना भएको क्षेत्रीय घेदुङ दमामले सोही बर्ष बृहत ल्होछार कार्यक्रम, सचेतना कार्यक्रमहरु, बुद्ध जयन्ती र विभिन्न रोगबाट ग्रसित रोगी, शिक्षा लगायका क्षेत्रमा सहयोग गर्दै आएको छ ।´ उनले थपे,` शिक्षा र बिरामीका क्षेत्रमा भने अझ फराकिलो ढंगले सहयोग हुनेगरी गैर तामाङहरुलाई समेत समेटिएका छौं ।´
थप यो पनि
साउदी घेदुङको पहलमा बिचारमानलाई नेपाल फर्काइयो