अनौठो गाउँ जहाँ एउटा रुखका कारण मानिसदेखि पशुपन्छीसमेत छन् अन्धो

काठमाडाैं

भारतको एउटा गाउँ ‘टिल्टेपक’का सबै मानिसहरू अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरू वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै बिस्तारै उनीहरुले आँखाको ज्योति गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरू भेटिन्छन् ।

एउटा रुखलाई मानिन्छ अन्धोपनको कारण एउटा रुखलाई मान्दै आएका छन् । उक्त गाउँमा भएको ‘लावजुएजा’ को रुखलाई हेर्दाहेर्दै अन्धो भएको उनीहरू बताउँछन् । गाउँलेले अन्धोपनको कारण रुखलाई भनेपनि वैज्ञानिकले उक्त गाउँमा भएको अन्धोपनको कारण झिँगा भएको पत्ता लगाएका छन् । झिँगाले मानिसलाई टोकेपछि त्यसको सीधा असर आँखामा पर्ने भएकाले बिस्तारै आँखामा असर पर्दै गएर उनीहरुले आँखाको ज्योति गुमाउँछन् ।

अजब-गजब व्यवहार देखाउँछन् मानिसहरू

उक्त गाउँमा रहने मानिसहरुको व्यवहार अजब-गजब हुन्छन् । मानिसहरू कोदो र खुर्सानी खाने गर्छन् । उनीहरू कोदो त खानाको लागि खाने गर्छन् तर त्यससँगै सुख्खा खुर्सानी किन खान्छन् कसैलाई थाहा छैन । यस गाउँमा जम्मा ७० वटा झुपडीरहेको छ । तर, कुनै पनि झुपडीमा झ्याल छैन ।

मान्छे मात्र होइन जनावर र पन्छी पनि अन्धा

मानिसहरू मात्र होइनन् उक्त गाउँमा पशु-पन्छी पनि अन्धा छन् । यो गाउँमा पन्छिहरू उडेको देख्न पाइदैन किनकि चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् पनि ।

रातमा पिउँछन् रक्सी

यहाँका मानिसहरू रातमा खाना खाएपछि मदिराको सेवन गर्छन् । त्यहाँका मानिसहरुलाई आफूहरू अन्धो भएकोमा कुनै पछुतो वा दुख छैन । त्यहाँका मानिसहरू काठबाट बनेको हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया