सिरियल किलरबाट परिचित चार्ल्स सोभराज आज छुट्दै

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

सिरियल किलरबाट परिचित चार्ल्स सोभराज आज छुट्ने भएका छन् । बुधवार सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनी सुन्धारस्थित केन्द्रीय कारागारबाट बिहीबार जेलमुक्त भएका हुन् ।

शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ ।

सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन आदेश दिएको छ । नेपालमा १९ वर्षदेखि कारागारमा रहेका शोभराजलाई रिहा गरेर स्वदेश फिर्ता गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

उनले स्वदेश फर्काउन आवश्यक कागजात र परिवार वा उनलाई पुर्‍याउने व्यक्तिको व्यवस्था मिलाउने जानकारी दिए।

भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ‘सज्जन, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिले’ जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले यसअघि बताएका थिए ।

बुधवार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।

तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका