के.एफ.सी.को पन्ध्रौँ शाखा सुन्धारामा

सुरेश तामाङ संवाददाता
56 Shares
काठमाडौं

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौँ शाखा बिस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चय कोष भवन (काठमाडौँ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो के.एफ.सी. Flagship स्टोर सञ्चालनमा ल्याएको हो ।

के.एफ.सी.रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रूपमा परिचित छ । यस आउटलेटमा के.एफ.सी.का विभिन्न चिकेनको परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । नयाँ शाखा सञ्चालन सँगै के.एफ.सी.ले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको उपलक्षमा  KFC Celebration Meal   लगायतका नयाँ अफर समेत ल्याएको छ ।

यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवा समेत लिन सकिने छ । हरेक ग्राहकले Customer Display Screen  बाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् । २३४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरूले सेवा लिन सक्नेछन् ।

रेस्टुरेन्ट हाल बिहान ९ः०० बजे बाट रातको ९ः०० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।

तपाईको प्रतिक्रिया