काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
210 Shares
मकवानपुर

नेपाली काँग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। लामाले २१ मत प्राप्त गरेका छन् भने बाँनियाले १६ मत पाएका छन्।

बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७ जना सांसद छन् । आज दिउँसो २ बजेदेखि वाग्मती काँग्रेस संसदीय दलको कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो । दुवै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस वाग्मती प्रदेश सभापति, लामा पार्टी केन्द्रीय सदस्य हुन् ।

निर्वाचित भएपछि उनले पार्टीलाई विस्तार गर्ने बताएका छन् । ‘मैले राजनीतिमा लागेर अरूलाई दिएको मात्र छु, अब अवसर पाए अझै केही गरेर देखाउँछु’ उनले भने ।

उनले २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोटको क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका थिए । उनी २०७४ सालमा प्रतिनिधिसभाकै समानुपातिक सांसद भए । २०५४ सालमा मनकामना गाउँ विकास समितिका अध्यक्ष भएका उनी राजनीतिसँगै समाजसेवामा पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका