राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ललितपुर जिल्ला कार्यसमितिको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रवार सम्पन्न अधिवेशनबाट मिठाराम केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति समेत सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनबाट निर्वाचित भएका अन्य पदाधिकारीहरुमा रवि थापा मगर प्रथम उपाध्यक्ष, विदुर घिमिरे द्वितीय उपाध्यक्ष, शशि पुन महिला उपाध्यक्ष रहेका छन् भने सचिवमा सन्तोष दाहाल निर्वाचित भएका छन्। यसै गरी सहसचिवमा दीपक बजगाईँ कैलाश, कोषाध्यक्षमा कृष्ण दाहाल, सह कोषाध्यक्षमा नील बहादुर मगर निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा विश्वराम तिमल्सिना, प्रकाश सापकोटा,प्रकाश लामा, लक्ष्मण दुलाल,विवी अधिकारी,दिनेश खड्का, गोविन्द घिमिरे, आरती खड्का, चम्पा कार्की,सुन्तली खड्का, विनोद कुँवर,सुमित्रा कोइराला, क्यामुना बस्नेत,गीता घिमिरे, विमल गुरुङ,रेवती प्रसाद दाहाल, हरि प्रसाद हुमागाईँ,भोग प्रसाद दुलाल र प्रमीला पुन निर्वाचित भएका छन्।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्का सहित केन्द्रीय सदस्य अमृता लुङ्गेली मगर, राजकुमार रायमाझी, बागमती प्रदेश समितिका अध्यक्ष बासु सिम्खडा, लगायत अन्य विभिन्न कलाकार तथा अतिथिहरूको सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति संयोजक समेत रहेका केन्द्रीय उपाध्यक्ष खड्काले पद तथा गोपनीयताको आसन ग्रहण गराएका छन्। निर्वाचित भएपश्चात् आफ्नो प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष केसीले नयाँ कार्यसमितिले सक्रियताका साथ जिल्लाको कला संस्कृति र मौलिक लोक कलाकारहरूको विकास तथा प्रवर्धनमा अगाडी बढ्ने बताए।