मातृभाषामा शपथ लिन नसक्नेले पहिचानको मुद्दा उठाउन सक्दैन: प्रदेश सांसद राधिका तामाङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
350 Shares
काठमाडौं

माओवादी केन्द्रका नुवाकोट क्षेत्र नं. १ ‘क’ का बागमती प्रदेश सांसद राधिका तामाङले तामाङ टोपी, गोइलो लगाउँदा उजाड नै हुन्छ जस्तो मनस्थिति बोक्नेहरूले पहिचानको मुद्दामा लड्न नसकिने बताएकी छन् ।

नेपाल तामाङ महिला घेदुङले शनिबार सङ्घीय कार्यालय बौद्ध काठमाण्डौंमा नव निर्वाचित तामाङ महिला सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद तामाङले सांसदको शपथ कार्यक्रमको प्रसङ्ग जोड्दै टोपी, गोइलो लगाउन नचाहेका, मातृभाषामा शपथ लिन नसक्नेहरूले भाषा, संस्कृति र पार्टीभित्र बहस उठाउन नसक्ने बताएका हुन् । उनले भनिन्, ‘देशको संविधानले दिइएको अधिकार त प्रयोग गर्न चाहँदैन भने उसले पार्टीभित्र बहस गर्न सक्दैन । किन भने तामाङ गोइलो (पोसाक) लगाउन त यति डराउँछ भने पहिचानको मुद्दालाई कसरी अगाडी बढाउँछ ?, त्यसैले हामी खुम्चिँदै आइरहेको हो ।’

सांसद राधिका तामाङले हाम्रो चिन्तन र दृष्टिकोण खराब रहेको बताइन् । उनले भनिन्, ‘तामाङ भनेर चिनाउन चाहिएको स्थिति नै छैन, नेपाली भनेर त गर्व गर्छु तर त्यसभित्र विभिन्न जाति, भाषाभाषी, धर्म, संस्कृति छन् । जनताले निर्वाचित गराएर संविधानले अधिकार दिँदा पनि पार्टीको आदेश छ भनेर हिँडेका देख्दा दुःख लागेका छ ।’

सङ्घीय संसद्को शपथ ग्रहण हितबहादुर तामाङ, मिना तामाङ, सूर्यमान दोङ तामाङ र बागमती प्रदेश सभाका लागि निर्वाचित राधिका तामाङ, उर्मिला कुमारी तामाङले तामाङ भाषामा शपथ ग्रहण गरेका थियो ।

नेपाल तामाङ महिला घेदुङले देशभरका सङ्घीय सांसद् र प्रदेश सांसदमा नवनिर्वाचित महिला सांसदहरूलाई बधाई, सम्मान तथा शुभकामना दिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका