तामाङ समाज अमेरिकाको प्रथम साधारणसभा सेप्टेम्बर २२ आइतबार सम्पन्न भएको छ ।
न्युयोर्कमा भएको सभाले समाजका विधानलाई आवश्यक परिमार्जन गरी कार्यकारिणी बोर्डमा फेरबदल समेत गरेका छन् ।
फेरबदल पश्चात् बोर्डमा अध्यक्ष सानुमाया तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित्रा योन्जन, उपाध्यक्ष – बुद्धिमान तामाङ, महासचिव विनिता तामाङ, सचिव रोजबहादुर घिसिङ, कोषाध्यक्ष तुलबहादुर तामाङ, सहकोषाध्यक्ष सजुन थोकर रहेका छन् ।
त्यसैगरी बोर्ड अफ डिरेक्टरस् फुरु लामा, विष्णु तामाङ, अरुणा रुम्बा, रिनु तामाङ, युनिशा थिङ, सुरेन्द्र तामाङ दिलमाया तामाङ, राजु ब्लोन, वदिपेनशा लामा, नरराज (चन्द्र) लामा, सन्तबहादुर तामाङ, कुङ्गा दोर्जी लामा रहेका छन् । समाजका संरक्षक समितिमा लुइसाङ वाईबा तामाङ र शान्त बाबु थोकर रहेका छन् ।
समाजकी अध्यक्ष सानुमायाले तामाङ संस्कृति अनुसार छ्युमे बालेर साधारणसभा उद्घाटन गरेकी थिइन् ।
समाजका महासचिव बुद्धिमान तामाङले वार्षिक प्रतिवदन प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष फुरु लामाले आर्थिक प्रतिवेदन प्रस्तु गरेकी थिइन् ।
कार्यक्रममा समाजका संरक्षक एवं स्थानीय एल्म्हर्ष्ट अस्पतालका बोर्ड सदस्य लुइसाङ वाईबा तामाङ, संरक्षक शान्त बाबु थोकर, तामाङ बौद्ध तथा साँस्कृतिक केन्द्रका अध्यक्ष इन्द्र तामाङ र गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बाबुराम लामाले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा समाजकी अध्यक्ष सानुमायाले भावी योजना र कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
समितिलाई चुस्त र दुरुस्त बनाउन फेरबदल गरिएको समाजकी महासचिव बिनिता तामाङले बताइन् ।