तामाङ समाज पोर्चुगलले सोनाम ल्होछार मनाइएको छ । समाजले शनिबार विविध कार्यक्रमको आयोजना गरी ल्होछार मनाइएको हो ।
पोर्तुगलको राजधानी लिस्बोनको अलामेड महात्मा गन्धी आउडोटोरिम हलमा (Alameda Mahatma Gandhi 1600-500 Audotorium Hall) भएको कार्यक्रममा लामागुरुले पूजापाठ गरि सुरु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोर्चुगलस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मकर हमालले शुभकामना दिदै ल्होछारले सबैै नेपालीमाा उर्जा प्रदान गर्ने बताए । ` एकातिर नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, ` प्रमुख अतिथि हमालले भने,´ अर्कोतिर हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको पुष्टि गरेको छ । यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।’
उक्त कार्यक्रममा समाजवादी पार्टीका पोर्चुगल अध्यक्ष कुमार योन्जन, पर्यटनदूत रमेश गुरुङ, जनजाति महासंघका अध्यक्ष हेम गुरुङ, तमु समाजका अध्यक्ष विकास गुरुङ, नारी समाजकी महासचिव पुनम गौतम लगायतले शुभकामनाका क्रममा नेपाली लोक संस्कृतिको गरिमालाई बचाउनुपर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रममा एनआरएनए पोर्चुुगलका अध्यक्षद्वय रविन अधिकारी र सोमफुरी शेर्पा, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष राजाराम लामिछाने, शेर्पा समाजका सल्लाहकार धन शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रमुखहरुले शुभकामना राखेका थिए ।
मञ्जुश्री पात्रो अनुसार शुरु भएको सोनाम ल्होछार यो वर्ष २८५९औँ भएको मूल आयोजक समितिका संयोजक समेत रहेका तामाङ समाज पोर्चुगलका अध्यक्ष सुुजन तामाङले बताए । उनका अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा पोर्चुगालमा रहेका तामाङहरुले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइने गर्छ ।
वर्ष-वर्षलाई प्रतिनिधित्व गर्ने १२ जीवजन्तुका राख्ने तामाङ समुदायमा पनि १२ वर्षका प्रत्येक वर्षलाई १२ जीवजन्तुका नाममा सम्बोधन हुने वर्ष चक्र प्रणाली चलिरहेको हुन्छ । यसवर्ष बाघ वर्षलाई विदा गर्दै बिरालो वर्षलाई स्वागत गरेको हो ।