सिन्धुपाल्चोको लिसंखुपाखर गाउँपालिका १ ठूलो धादिङमा रहेको ताङ्जो (महाँकाल हरिसिद्धि) को पूजा असोज १६ गते हुने पुजारी सन्तवीर तामाङले बताएका छन् ।
जेठ र असोजमा गरी वर्षमा दुई पटक विशेष पूजा हुने ताङ्जोको प्रत्येक औंसी र पूर्णिामामा धूप बत्ती चढाउने गरेको पुजारी तामाङले जानकारी दिए ।
बिहीबारको दिन पूजाअर्चना गर्नु पर्ने ताङजो मन्दिरमा यसपालि फूलपातीको दुई दिन अघि पूजा परेको छ । पूजाका दिन भक्तजनले सेतो वस्तु जस्तै सेतो कपडा, सेतोफूल, दूध लगायत तामाको त्रिशूल र सुन जस्ता महंगा धातुसमेत चढाउने गर्दछन् ।
ताङजो दर्शन तथा पूजाका लागि छिमेकी जिल्ला दोलखा, काभ्रे, रामेछाप लगायत सिन्धुली, सर्लाही, मकवानपुर, काठमाडौंबाट समेत श्रद्धालु आउने गरेको स्थानीयवासीहरू बताउँछन् ।
ताङ्जोको दर्शन तथा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वस रहँदै आएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1