दश लाख रुपैयाँको दीर्घकालिन तामाङ शैक्षिक कोषको घोषणा

ल्होछारप्रेमीको भव्य सहभागी (फोटोफिचर)

दक्षिण कोरिया

नेपाल तामाङ घेदुङल दक्षिण कोरियाले दश लाख रुपैयाँ (एक करोड कोरियन वन) बराबरको दीर्घकालिन तामाङ शैक्षिक कोषको मौखिक घोषणा गरेको छ ।

मञ्जुश्री सम्वद २८५९औं ह्योइ (तावर) ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २१ शनिबार साैलमा विविध सांगीतिक कार्यक्रमका साथ मनाएको औपचारिक कार्यक्रममा घेदुङका अध्यक्ष रवि योञ्जन तामाङले मौखिक रुपमा घोषणा गरेका हुन् । उनले भने, लगभग ९० प्रतिशत रकम सहयोग संकलन भएको छ । ल्होछार कार्यक्रमको लागि उत्साह रुपमा सहयोग भएको र सहयोगको ल्होछार खर्च कटाएर बाँकी रकम कोषमा रहने छ ।’

लगभग २ बर्षपछि पुनः ल्होछार कार्यक्रम खुल्ला रुपमा भएकोले उत्साहित रुपमा ल्होछारप्रेमी सहभागीता थियो । कोभिड-१९ को प्रभावले निकै कम सहभागीता हुने आपेक्षा राखिएको आयोजकलाई व्यबस्थापन गर्न कठिन भएको थियो । आयोजकले उत्साह रुपमा सहभागी ल्होछारप्रेमीलाई धन्यवाद दिर्दै व्यबस्थापनमा केही कमी कमजोरी भएकोमा क्षमा व्यक्ता गरेको थियो । लामा गुरूहरूद्धारा ल्होछार पूजापाठ गरी कार्यक्रम शुरूवात भएको थियो ।

सांगीतिक कार्यक्रमको लागि नेपालबाट गायक प्रकाश तितुङ तामाङ, गायिका पूजा तामाङ र म्हेन्दोमाया गायक तथा डान्सर आरम्भ तामाङ आएका छन् । उनीहरुले लगभग आधा दर्जन चार्चित गीतहरुमा विजोड प्रस्तुति दिएका थियो । स्थानीय रुपमा सेलो गायक युनिक दोङ, सुर्य रुम्बा, ज्ञान लामा, मिलन दोङ, छेटुप मोक्तान, आशिष मोक्तान, करप रुम्बाले प्रस्तुति दिएका छन् । यस्तै डोमा योञ्जन, मञ्जु तामाङ, गौतम गोले र एन्जिला तामाङले नृत्यमा प्रस्तुति दिएका छन् ।

आयोजकले साँस्कृतिक कार्यक्रम भनेर प्रचारप्रसार गरे पनि मञ्चमा भने साँस्कृतिक झाँकी केही थिएन । परदेशमा जनशक्तिको पकै पनि आवश्यक्ता छ । तर साँस्कृतिक कार्यक्रमको प्रचारप्रसार अनुसारले त तयारी गर्नु पर्दैन ? कहाँ चुक्यो घेदुङ ? हुन त विगतमा पनि यस्तै भइ आइरहेको हो । व्यानर र घेदुङकै मुल उद्देश्य भाषा, धर्म, संस्कार, संस्कृति र माैलिक विषयवस्तु तथा खानपानको संरक्षण सम्बर्द्धन गर्ने भनेर पनि आफ्नै मञ्चमा न मातृभाषामा शुभकामना दिन्छ, न मन्तव्य वा सम्बोधन नै । यस्तै तरिकाले माैलिक पहिचान संरक्षण र सम्बर्द्धन तथा पुस्तान्तरण होला ?

ल्होछार कार्यक्रममा गैर तामाङहरु पनि उत्साह रुपमा सहभागी भएका थिए । शेर्पा, गुरुङ, नेवार, थारु, मगर, राई, लिम्बु लगायतका समुदायबाट धेरै सहभागीता भएको थियो ।

घेदुङले कार्यक्रमको व्यानरमा ह्यायी ल्हो (विरालो वर्ग) भनेर लेखे पनि लागो भने खरायो भएको प्रयोग गरेको छ । त्यस विषयमा आयोजकले केही प्रतिक्रिया दिइएको छैन । नेपालमा नेपाल तामाङ संघीय घेदुङले सुरुमा यही खरायो भएको लागो सार्वजानिक गरेको थियो । तर पछि जनभवाना, चलनचल्तीमा समेत विरालो रहेकाले विरालो भएको लागो प्रयोग र सार्वजानिक गरेको थियो । यस विषयमा संघीय महासचिव जगदमान दोङले मञ्चमै त्रृटि भएकोमा क्षमा मागेको थियो । तामाङ समुदायमा ल्होछारको समयमा किन धेरै प्रकारको विवादहरु हुने गर्दछ ? किन लोगो, सोनाम ल्होछार, ग्याल्बो ल्होछारमा विवाद हुन्छ ? यस्तो विवाद कहिलेसम्म, कहिले हुन्छ समाधान ? विज्ञ र अग्रज तामाङ आगुवाहरुले छिटोभन्दा छिटो नटुङ्गिाएसम्म समाधान हुने देखिदैन ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका