रसुवाका सबै गाउँमा पुग्यो क्यूका बस‚ यात्रुलाई सहज

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
91 Shares
धुन्चे,रसुवा

हिमालि जिल्ला रसुवामा लाङटाङ बाहेक सबै गाउँहरूमा सडक सञ्जाल जोडिएसँगै क्युका बसहरू चल्न थालेका छन् ।

उत्तरी रसुवाको टिमुरे, थुमन बृद्विम, तातोपानी, थाम्बुचेत, गत्लाङ, हाकुबेसि, दक्षिण क्षेत्रको डाँडा गाउँ, ठुलो गाउँ, मनिगाउँ, कर्मिडाडा, जिवजिवे, अम्बावास, भोर्ले, यार्सा, सरमथलि, पाटिखर्क लगायतमा नियमित बस सञ्चालन भइरहेको छ ।

बस सञ्चालनले एम्बुलेन्स सेवा, खाद्यान्न ढुवानी लगायत विकास निर्माणका लागि आवश्यक मेसिनरी ढुवानीका काममा सहज भएको छ । भौगोलिक विकटताका कारण सीमित ठाउँमा मात्रै सवारीसाधन पुग्दथे भने संघीयता लागू भए यता सडक सञ्जालले जोडिएपछि धेरै नै सहज भएको छ ।

आफूले उत्पादन गरेको आलु,काउली,बन्दा,साग सब्जी हरूले बजार पाएको छ र पुर्खाहरूले भन्ज्याङ चौतारीका गोरेटो बाटो पैदल यात्रा गर्दथे भने अहिले सडक सञ्जाल विस्तार भएपछि दैनिकी सहज भएको छ ।काठमाडौँ बाटो एक दिनमा पुग्ने ठाउँहरू भएकाले पनि सहज र सरल तरिकाले आफ्नो गन्तव्यमा पुग्न सकिने छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया