हेटौंडा-कुलेखानी सडकखण्ड अन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भार पछि आज बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौंडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ ।
सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौं जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो बनाएपछि आज बिहानदेखि सडक सुचारु भएको सस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
यसैगरी केही हप्ताअघि फाखेल सडकखण्डबाट पनि हेटौंडा काठमाडौंको यातायात सेवा सञ्चालन गरिएको थियो । हेटौंडा–कुलेखानी सडकखण्डमा दैनिक एक हजारभन्दा बढी टाटासुमो, जिप आवजावत गर्ने गरेको नारायणी यातायात व्यवसायी संघ हेटौंडाले जनाएको छ ।
रासस
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1