४०औँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सञ्चालन हुने ४० औँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ शुक्रवार उद्‌घाटन भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी इन्टरपोल को १००औँ सदस्य भएको र इन्टरपोल को १००औँ वार्षिक उत्सवको अवसरमा प्राप्त भएको फुटबल रेफ्रीलाई हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने चर्चा गर्दै मानव जीवनमा खेलकुद अति नै महत्त्वपूर्ण रहेको बताए । यस्ता प्रतियोगिताले एक कुशल खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कुशलता प्रदर्शन गर्ने सक्ने क्षमतावान् खेलाडी उत्पादन गर्न थप सहयोग पुर्‍याउने उनले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सङ्गठनभित्र आफ्नै व्यावसायिकतामा अहोरात्र खटिने जनशक्ति केवल प्रहरीको रूपमा मात्र नभई खेलकुदको माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो देशको पहिचान बनाउन सफल हुने बताए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।

माघ २९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सात वटै प्रदेश प्रहरी कार्यालयको टिम गरी जम्मा १० टिमको सहभागिता रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका