युएईमा सोनाम ल्होछार सांस्कृतिक साँझ सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
161 Shares
युएई

तामाङ समाज युएईले सोनाम ल्होछार सांस्कृतिक साँझ २०२३ सम्पन्न गरेको छ।

आइतबार‘तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान’ भन्ने मूल नाराका साथ नेप लिन्क ट्राभल र कञ्चनजङ्घा रेस्टुरेन्टको मुख्य प्रायोजनमा युएईको बरदुबईस्थित याक एन्ड यति अस्टोरिया होटेलमा मनाएको हो ।

२८५९ औं सोनाम ल्होछार (तावर ल्हो) को स्वागतसँगै साङ्गीतिक साँझमा अतिथि कलाकारहरूको प्रस्तुतिले सङ्गीतमय बनाएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ युएईका अध्यक्ष निमा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न ल्होछार साँझमा नेफिन आईसिसीका संरक्षक पासाङ शेर्पा, नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, एनआरएनए एन सि सि युएईका महासचिव दिपक खड्का, नेपाली जनसम्पर्क समिति युएईका पुर्व अध्यक्ष खेमराज बस्नेत, समाजसेवी आसा लामा, काभ्रे सेवा समाजका अध्यक्ष दिल वाइबा लामा , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष एमडी बोहरा र त्रिशूली समाज युएईका अध्यक्ष लोकेन तामाङ लगायतका अतिथिहरूको उपस्थित रहेका थिए ।

कार्यक्रममा तामाङ भाषा, कला, संस्कार र संस्कृति झल्काउने मौलिक बाजा डम्फु नाच, सेलो नाच, म्हेन्दोमाया नाच र अन्य विविध प्रस्तुति रहेको थियो ।

कार्यक्रम सफल पार्न नेपालबाट आमन्त्रित अतिथि कलाकार सेलो गायिका जितु लोप्चनले ल्होछारप्रेमी दर्शकलाई नचाएका थिए । त्यस्तै युएईमा रहेका कलाकारहरू हरि मोक्तान, सन्दीप लामा, निशा घिसिङ, निमा लामा, रोहित स्याङ्बो, डिके लामा, साहिल मोक्तान, प्रिया लामा, अजय लामा, अनिता दोङ, सन्ध्या लामा, राजेश बोल्न तामाङ, प्रकाश स्याङ्तान, सबु गोले लगायतको प्रस्तुतिले साङ्गीतिक साँझमा झुमेका थिए ।

कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष सनिल घिसिङको सभापतित्वमा सम्पन्न भएका थिए ।

तपाईको प्रतिक्रिया