रास्वपा सरकारबाट बाहिरियो, मन्त्रीहरूको राजीनामा आजै बुझाउने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
77 Shares
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने भएको छ। गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय मिति र संसदीय दलको संयुक्त बैठकले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिए लगत्तै सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरूले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।

मंसिर ४ गतेको निर्वाचनबाट रास्वपा संसद प्रवेश गरेको थियो। उपप्रधान तथा गृहमन्त्रीसहित पुस ११ गते सरकारमा गएको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया