लोककल्याणकारी विज्ञापन वितरण कार्य चाँडै लागू गर्छु : अर्थमन्त्री पौडेल [भिडियो]

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
77 Shares
काठमाडौं

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अनलाइनलाई वितरण गरिने लोककल्याणकारी विज्ञापनको काम चाँडै लागू गर्ने जानकारी दिएको छ ।

प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अनलाइनले पाउने सेवा सुविधासहितको लोककल्याणकारी विज्ञापन सबैलाई उपलब्ध गराउने कार्य चाडै लागु गर्ने बताएका हुन् ।

‘तपाईँहरूको जुन सरोकार र माग छ, त्यसप्रति सरकार संवेदनशील छ, लोककल्याणकारी विज्ञापन अनलाइनलाई वितरण गर्ने काम चाँडै लागू गरिन्छ,’ अर्थमन्त्री पौडेलले भने‚ ‘विगतमा आफू सरकारमा रहँदा श्रमजीवी पत्रकारहरूको पक्षमा काम गरेको तथ्य राख्दै पौडेलले अव पनि सरकार श्रमजीवी पत्रकारको पक्षमै रहेको छ ।’

अर्थमन्त्री पौडेलले विगतमा गरिएको पत्रकार दुर्घटना बिमा एउटा गतिलो उदाहरण भएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गर्न सरकार दृढतापूर्वक लाग्ने बताए । दुर्घटना बिमाको ५० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने आफ्नो पालाको निर्णय पत्रकारप्रति आफूहरू सदैव सकारात्मक रहेको प्रमाण भएको पनि बताए ।

यस्तै कामको सिलसिलामा जाँदा पत्रकार दुर्घटनामा परे सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने प्रबन्ध गरिएको भन्दै उनले यो निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री पौडेलले श्रमजीवी पत्रकारको मुद्दाप्रति सरकार निकै संवेदनशील रहेको बताए ।

अर्थमन्त्री पौडेलले पत्रकारको मागप्रति सरकार सकारात्मक रहेको भन्दै तत्काल पूरा गर्न सकिने माग तत्कालै र केही समय लिने माग समयक्रममै पूरा गर्ने बताए ।

यस्तै कार्यक्रममा निवर्तमान पृथ्वीसुब्बा गुरुङले प्रेस चौतारी पार्टीको एउटा अंग भएकोले विधि विधानमा रहेको काम गर्नुपर्ने बताए ।

यसैगरी चौतारीको स्थापना दिवस विभिन्न कार्यक्रम गरी जिल्ला र प्रदेशले देशैभर मनाएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया