२८५९ औँ सोनाम ल्होछार-विदेशमा गायिका जितु लोप्चनलाई वाहवाही, कुन कलाकार कहाँ ?

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
301 Shares
काठमाडौं

२८५९ औँ सोनाम ल्होछार महोत्सव विदेशका विभिन्न स्थानमा मनाउने क्रममा जारी छ । विदेशका विभिन्न सङ्घसंस्थाले नेपालबाट अतिथि कलाकारहरू ल्याएर ल्होछार साङ्गीतिक साँझहरू चलिरहेको छ । यसै क्रममा सेलो गायिका जितु लोप्चन यति वेला दुबई र इजरियालको कार्यक्रम सकाएर नेपाल फर्केकी छन्  ।

गायिका लोप्चन तामाङ समाज युएईले आयोजना गरेको सोनाम ल्होछार साँझ २०२३ को कार्यक्रममा अतिथि कलाकारको रूपमा पुगेकी थिइन् ।  त्यस्तै फेब्रुअरी ३ मा तामाङ घेदुङ इजरायलले आयोजना गरेको सोनाम ल्होछार साङ्गीतिक साँझ सकाएर फर्केकी छन् ।

अहिले विदेशमा भएका तामाङ समुदायको सङ्घसंस्थाहरूले विभिन्न कार्यक्रम गरी नेपालबाट कलाकारहरू ल्याएर ल्होछार मनाउने चलन केही वर्षदेखि सुरुवात गरेको छ । भाषा, संस्कृति, भेषभुषाको संवद्र्वनको लागि देश विदेशमा विभिन्न कार्यक्रम गरी ल्होछार मनाइरहेका छन् ।

गायिका लोप्चन भन्छिन्,‘विदेशमा भएका सङ्घसंस्था लगायत त्यहाँका सबै जनाको माया पाएको छु ।उनीहरूलाई धन्यवाद दिन चाहन्छु ।’

‘उनीहरूको सद्भाव, माया, स्नेह र तारिफ पाएको छु’, उनले भनिन् ।

लोप्चनले आफ्नो चर्चित सेलो गीतले ल्होछारप्रेमीहरुलाई मनोरञ्जन दिलाएका थिइन् ।

साङ्गीतिक क्षेत्रमा आधा दशक लागिएका लोप्चनले एक सय भन्दा बढी गीत रेकर्ड गरिसकेकी छन् ।

उनका ब्याटल गीत, सेलो गीत लगायतका गीतहरू चर्चमा छन्  ।

यसै गरी ल्होछार साङ्गीतिक कार्यक्रमका लागि गायिका शशिकला मोक्तान, गायक विश्व दोङ, म्हेन्दोमाया गायक हेम वाइबा लगायत विदेशी सङ्घसंस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका