कान्तिपुर दैनिकको अध्यक्ष सिरोहियाले दिए रविलाई लाञ्छनाको पुष्टि गर्न चुनौती

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares
काठमाडौं

कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आइतबार पार्टीको विशेष पत्रकार सम्मेलनमा लगाएका लाञ्छनाको पुष्टि गर्न चुनौती दिएका छन् ।

मङ्गलवार अध्यक्ष सिरोहियाले लामिछानेले लगाएका लाञ्छनाप्रति पाँच बुँदामा जवाफ दिँदै विज्ञप्ति जारी गरेका हुन् ।

नेपालको नागरिकताबिना सांसद र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भई पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोकमा तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको सिरोहियाले विज्ञप्तिमा लेखिएका छन् ।

लामिछानेले उनको विषयमा कानुनी रूपमा स्थापित तथ्यका आधारमा समाचार लेख्ने मूलधारका मिडिया, मिडिया सञ्चालक र पत्रकारहरूको नामै किटान गरी लाञ्छना लगाएका थिए ।

‘उहाँले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचार आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जो कसैलाई पनि सह्य हुने छैन,’ अध्यक्ष सिरोहियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका