‘बौद्ध ज्येष्ठ नागरिक समाज’ को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बुधवार तामाङ कल्याण गुठी बौद्धमा भएको सभामा समाजका सचिव टासीकुमार लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले वर्षभरि समाजले गरेका गतिविधिहरूको २०७८/०७९ प्रतिवेदन प्रस्तुत गरेका हुन्। यसै गरी कोषाध्यक्ष वीरबहादुर लामाद्वारा २०७८/०७९ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
साधारण सभामा ज्येष्ठ नागरिक लामा गुरु नरे लामालाई ज्येष्ठ नागरिक सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा महिला ज्येष्ठ नागरिक रेनुका लामा लगायत समाजका सदस्यहरूको उपस्थिति रहेको थियो।
उपाध्यक्ष रत्नबज्र लामाद्वारा स्वागत गरिएको कार्यक्रमलाई सचिव टासी कुमार लामाले सञ्चालन गरेका थिए। ।
बौद्ध ज्येष्ठ नागरिक समाजको स्थापना २०७७ साल माघ २० गते भएको हो । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा सङ्गठित गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको हो। संस्थाले समाजका सदस्यहरूलाई भ्रमण गराउने, रुचि अनुरूप अन्तरक्रिया गराउने, अध्ययन अध्यापन गराउने, मनोरञ्जन दिलाउने, सामाजिक सुरक्षा भत्ता लिन असहज भएकाहरूलाई सहयोग पुर्याउने, एक आपसमा छलफल गरी नयाँ पुस्ताहरूलाई नीति निर्देशन गराउने छ ।
यसै गरी समाजमा ६७ महिला र ४६ पुरुष गरी ११३ ज्येष्ठ सदस्यहरू रहेका छन्।